पाठकपत्र ः तरकारी पसलेसंग मासिक पाँच हरुजार रुपैंया लिएर बाटोको पेटीमा पसल !
फाल्गुन २२, २०७९, सोमबार | विहान ०३:२४ बजे | 25
फागुण २१ गते सल्लाघारी च्वङ्गा गणेश धुमिरहेको बेला ठूलो ठूलो स्वरले कराएको देखेपछि च्वङ्गागणेश मन्दिरबाट तल झरेर के भएको बुझ्ने प्रयास गरें । त्यतिबेला भक्तपुर नगरपालिकाले नपली पुल जाने छेउको पेटीमा रहेको तरकारी पसल हटाउन अनुरोध गरिरहेको देखें । त्यतिकैमा एक जना बटुवा तीर्थमान भनिने व्यक्तिले बटुवाहरु हिड्डुल गर्न नमिल्ने गरी पेटीमा पसल राख्नु हुँदैन भनेपछि त्यही फेन्सी पसल राखेर बस्ने चानपा २ का अजय श्रेष्ठ भने व्यक्ति झनै त्यो तीर्थमानमाथि जाइलाग्यो र झनैझनै पिट्न लागेकोले त्यो मानिस त्यतिकै सहेर गयो ।
नगरपालिकाका कर्मचारीहरुलाई आमाचाकरी खाटे भनेर गाली गरिरहेको सुनेपछि स्थानीयहरु समेत धेरै रिसायो तर के गर्ने कानुन हातमा लिएर जथाभावी गर्नेलाई प्रहरी प्रशासनले केही गर्नुपर्ने हो तर मुकदर्शक भएर बस्यो । नगरपालिकाका कर्मचारीहरु कानुन हातमा लिनु हुँदैन भनेर केही गरेन । बरु सहेर बस्यो । त्यहाँ भीडभाड बढ्न थालेपछि कर्मचारीहरुले एक जना प्रहरी जवानलाई अनुरोध गर्दै प्रहरी बोलाउनु र प्रहरी कार्यालयमा बसेर छलफल गर्न पटकपटक अनुरोध गर्यो तर प्रहरी आई पुगेन । तरकारी पसल उठाइरहेको बेला निज अजय श्रेष्ठ गाडी नपठाउने भनेर गाडी अगाडि सुत्ने बस्ने गरिरहेको र निजले नै तरकारीहरु फाल्ने जथानाम गाली गर्ने गरिरह्यो । त्यहाँको वातावरण निज श्रेष्ठले उतेजित पार्ने र झगडा लगाएर कर्मचारी पिट्ने निहँु खोजि रहेको अनुभव भयो । नगरपालिकाले हटाउन खोजेको पेटीको तरकारी पसल निज अजय श्रेष्ठको समेत होइन तर त्यो व्यक्ति किन त्यसरी कराएको बुझी हेर्दा निज श्रेष्ठले तरकारी पसलेसंग मासिक रु.५०००।–(पाँच हरुजार रुपैंया) लिएर बाटोको पेटीमा पसल राख्न दिएको रहेछ । त्यसैले त्यति कराएको र हप्ता उठाउने डनशैलीको निज श्रेष्ठले पछि कर्मचारीहरुलाई पछाडिबाट हात हाल्यो र धम्साधम्सि र लडिबुडि नै भयो । त्यहाँ गाली गरिराखेको व्यक्तिलाई किन गाली गरेको कार्यालयमा बसेर कुरा गरौं भनेर लिएर आएका कर्मचारीहरुमाथि एक्कासी जाई लाग्ने निज श्रेष्ठलाई पहिला पनि सो पसल हटाउन बजार व्यवस्थाका कर्मचारीहरुले अनुरोध गर्न जाँदा जथानाम गाली गरेर पठाउने गरेको समेत बुझियो । पछि प्रहरी सहायक निरिक्षक संजय कोजूले निज श्रेष्ठलाई मोटरसाइकलमा राखेर दुधपाटीमा ल्यायो । त्यहाँ समेत कर्मचारीहरुलाई पिट्ने, सिङ्गल खेल्ने, बाहिर जाऔं अनि थाहा हुन्छ भनेर धम्काउने गरिरह्यो तर पुलिसहरुले त्यो व्यक्तिलाई केही भनेन । जब कर्मचारी करायो भने पुलिसले चुप लाग भनेर भनेको देखियो । त्यस गतिविधिले प्रहरी समेत त्यो व्यक्तिको पक्ष पोषण गरिरहेको जस्तो लाग्यो । यदि गलत मान्छेलाई साथ दिनु भनेको भोलि पनि गलत काम गर्नलाई प्रश्रय दिनु हो । त्यसरी प्रश्रय दिदैँ गए पछि त्यो व्यक्ति मलाई लाग्छ हत्यारा बन्न बेर हुँदैन त्यसैले प्रहरीले त्यस्ता व्यक्तिलाई सचेत गराउने हिंस्रक गतिविधि हुन रोक्ने तर्फ ध्यान जानु आबश्यक छ । त्यस्ता कर्मचारी कुट्ने व्यक्तिलाई प्रहरी हिरासतमा राखेर कार्यवाही गर्नुको साटो छोडेर पठाएको सुनियो । प्रहरीको अगाडि नै कर्मचारीलाई मार्ने धम्कि दिने व्यक्तिलाई छोडेर भोलि कर्मचारीहरुलाई केही गर्यो भने को जिम्मेवार ? प्रहरी प्रशासन जिम्मेवार र उत्तरदायी हुनु पर्छ कि पर्दैन । त्यति मात्र होइन त्यस्तो गलत व्यक्तिको पक्षमा चानपा २ दुवाकोटका वडाध्यक्ष सोम समेत लागि परेको र निजको दबावले छोडेर लगेको सुनियो । नेपाली कांग्रेसबाट वडाध्यक्ष जितेका व्यक्तिको व्यवहार अपराधिलाई पक्षपोषण गरेको अनुभाव भयो । न्याय अन्याय र सत्य कुरा नहेरेको जस्तो लाग्यो । यस्तै व्यवहारले अपराधिलाई संरक्षण गरिरहे भोलि अपराधिको स्वार्थ पूर्ति नहुने वित्तिकै अपराधिक मानसिकता व्यक्तिले तिनीहरुलाई नै प्रहार गर्ने छ । अनि रोएर बसेर पछुटाएर केही हुनेवाला छैन । त्यसैले अपिराधिलाई सुधार गर्ने हो भने उनीहरुको अपराधिक मानसिकतालाई फेर्नैै पर्छ र सचेत अनुशासित बनाउनु पर्छ । अपराधिक गतिविधिलाई प्रोत्साहन गर्ने होइन । समय मै सचेत हुनु नै बुद्धिमानी हुनेछ । प्रहरी पनि सोर्सफोर्स र दुईचार पैसा खाएको भरमा अपराधिको पक्ष लिए अपराधिक गतिविधि बढ्दै जानेमा हेक्का राख्नु जरुरी छ । धन्यवाद !
तुइलाल श्रेष्ठ
चानपा २