काललाई पर पु¥याउने कसरी ?


भदौ १९, २०७७, शुक्रबार | विहान १०:४१ बजे | 10


यज्ञबहाुर कार्की
आजकल कोरोनाको संत्रासले बिश्व आकान्त छ । के हो त कोरोना ? यसलाई बिभिन्न ब्याख्या र तर्कहरु मानिसले गरेका छन र तर्क र ब्याख्याका पछाडी कुनै तुक छैन ।
यस्को फैलावट पनि भिन्न भिन्न किसिमले भएकै छ ।सुरक्षाको प्रबन्ध जतिनै सजगताले अपनाउँदा पनि ती व्यक्त्तिहरुमा पनि सरेको पाईन्छ । भाईरसहरुलाई कसरी निष्कृय पार्ने त भन्ने सम्बन्धमा ऋषिमुनीहरुले पनि खोज चलाएका देखिन्छ । रुघा खोकि र ज्वरोको यो कोराना अर्थात केभिड १९ ले महामारीको रुप लिन थाले पछि यसबाट हुने ईन्फेक्सन ज्यादै खतरनाक रुपमा देखिन थालेको हो ।मुलत ः यो रोगबाट बच्न के गरिनु पर्छ भन्ने ध्यान पुर्याउनु पहिलो कुरा हो र जति सजगता अपनाउन सकियो त्यतिनै सुरक्षीत रहने हो । सुरुमै रुघा ,खोकि र ज्वरो आँउदा अलि आराम र भिक्स पलान्टको हरियो पत्ता पानीमा उमालेर पिँउदा भने यस्का भाईरसहरु ईन ऐक्टिभ भएर केहि दिन भित्रै बिलाउदछन । अर्थात काललाई जित्न सक्नेमा यो पत्ता महत्वपुर्ण नै छ । त्यस्को अलावा आजकल , नयाँ प्र चार बाजी सुरु गरिन थालीएको छ जसमा पानीमा दश प्रकारका जडीबुटीहरु राखि उमालेर खादा निको हुन्छ भनिन्छ । यो भिक्स पलान्टको पात जहाँ कहि पाउन सकिदैन अति दुर्लभ छ ।
हाम्रा बिभिन्न बिरुवाहरुमा , सहदेवा , सहदेवी गुर्जाे , ध्यु कुमारी , पानी अमला , दिमागी , घोड ताप्रे जसलाई पानीमा भिजाई कुटेर त्यस्को रस खानाले स्मरण शक्ति बढदछ , ( अल्जाईमर रोगको लागी महत्व पुर्ण छ ) अश्व गन्धा (दुधसंग खानाले यौन दुर्वल्यता हुन दिदैन ) सहदेवाको रस (पाँच एम, एल , दुधस्ंग बिहान बेलुका खानाले सुगरका दुबै उच्च तथा लो ठिक हुन्छ ) । अञ्जिरको रस खानाले पाएल्स ठिक हुन्छ । रसाईनिक मल र भिटामिन क्याल्सियम तथा बिषनाशक औ षधी नराखिएको सुद्द प्राकृतिक रुपमा उत्पादित काक्रोको रसले रगतमा रहेको बिषाक्त्तता हटाउदछ । त्यसै गरी पुदिना (बाबरी झार ) ले पनि शरिर स्वस्थ राख्न मद्द्त पुर्याउँद छ । त्यसै गरि धेरै ज्वरो आएमा पित्तधनको पात र कालो जिरा , अदुवा र थोरै नुन मिसाएर पानी उमालेर खादा ठिक गर्छ । शरिर रसिलो नहुदा र ग्रन्थिहरु कमजोर हुदा मिस्रीझारको पात खानाले राम्रो गर्छ । मुटुको चाल तलमाथी हुदा या बल्ड प्रेशर कम बेशी हुदा ग्रीन टिमा हिगुयको फल टुक्रा पारि चियामा मिलाई बिहान बेलुका खानाले ठिक हुन्छ ।यसे गरि जटामसि , पाँचऔले ,चिराईतो खयर , लाठसल्लाह , बाको बाजो ( घाटि दुखेमा, वा स्वर भासेको लागी ) ठिक गर्छ , यस्तै कोईरालो फुल , अचार बनाएर खादा रक्त्त मासि ( आँउ परेको ) ठिक हुन्छ । बेसार ( काँचो गाईको दधसंग आधा चम्मच मिसाई फिटि खादा पेट भित्रका घाँउ ठिक हुन्छ ) ज्वानो यसलाई भुटेर थोरै खानाले नशाको दुखाई कम गर्छ तर यस्ले (बल्ड प्रेशर भने अलि अलि बढाउँदछ ) यार्चागुम्बु (संजिवीनी पनि भन्ने गरिन्छ) यस्ले यौन शक्ति बढाउँदछ । यसरी धेरै धरेलु औषधीहरुको प्रयोग पनि काललाई पर पुर्याउन सकिन्छ । अस्तु

Comments