प्रेम दिवसको अवसरमा, प्रेम : एक बैज्ञानिक चर्चा


फाल्गुन ३, २०७९, बुधबार | विहान ०५:२२ बजे | 25


प्रेम दिवसको अवसरमा, प्रेम : एक बैज्ञानिक चर्चा

सुनील सापकोटा
हिजोआज सोसल मिडियाहरुमा युवा - युवतिहरुले भेलेन्टाइन सप्ताह मनाएको देखिन्छ । जताततै प्रेम दिवसको कुराहरु देखिन्छ र सुनिन्छ । वास्तवमा प्रेम के हो? भन्ने सन्दर्भमा बैज्ञानिकहरुको बिचारहरु लाई यहाँ छोटोमा राख्छु । विभिन्न बैज्ञानिक सोधकर्ताहरुको भनाइ अनुसार युवा - युवतीहरु लाई धेरै पछी गएर मात्र थाहा हुन्छ कि प्रेम भनेको भावनाको, गणितको , खेल न भएर यो हाम्रो शरीरको ( हार्मोन ) रसायनशास्त्र को एउटा मात्र प्रतिक्रिया हो , प्रभाव हो। जब बाल - बालिकाहरुको आयु बढदै जान्छ तब तेह्र - चौध बर्षको उमेर पछी उनिहरुको शारीरमा परिवर्तन देखिन थाल्छ । केटा छ भने उसको अनुहारमा जुँगाको रेखी देखिन लाग्छ । स्वर धोक्रो हुन्छ । उसका शरीरका मांसपेशिहरु बढन थाल्छन् र उसमा पुरुष तत्वको बोध हुँदै जान्छ । त्यस्तै केटी हो भने उसका स्तनहरु बढदै जान्छ । उसमा मासिक धर्म हुन थाल्छ । पर पुरुष सङ लाज लाग्न थाल्छ । अनि किशोर - किशोरी दुवैमा केटाकेटीपना हराउदै जान्छ । उनिहरुका शरीर को रासायनिक हार्मोनले उनीहरु जवान भएको कुरा ढक- ढक्याउन थाल्छ। अनि पुरुष र स्त्री देखा- देख हुना साथ बिपरित यौनको आकर्षण हुन थाल्छ । प्रकृतिको आदेश र नियम अनुसार उनिहरुमा यौन सम्पर्कको इच्छा बढदै जान्छ र प्रजनन गर्ने तिर चाहना बढछ । जसको फलस्वरूप यो बेला किशोर र किशोरी दुवैमा प्रेम र रोमान्सको मौसम चलेको हो भन्ने कुरा पुराना बुढापाकाहरुले बुझ्नु पर्छ । यो प्राकृतिक नियम हो। प्राकृतिको यो प्रेमको खेलमा मनुष्यहरु एउटा अभिनय गर्ने काठपुतलीहरु मात्र हुन । रसायनशास्त्रीहरुको भाषामा मानव शरीरमा रसायनको प्रभावले गर्दा जवान पुरुष र स्त्रीहरुमा प्रेमको भावना तीब्र भएको हो। मनोबैज्ञानिकहरुको भनाइ अनुसार शरीरको हार्मोनको कारणले कुनै किशोर र किशोरीहरु भेट भइ एक आर्कामा आकर्षण हुना साथ पाँच मिनेटमा नै उनिहरुको मनमा प्रेमको उभार आउन सक्छ । उनिहरुको भनाइमा किशोर र किशोरीहरुले एक आर्कोमा भेट हुनासाथ प्रेमको उभार आएको शरीरको हाव - भाव ( बडि लैंज्वेज) बाट थाहा पाउछन अरे । वास्तवमा भन्न्ने हो भने जब हामी कसै संग आकर्षित हुन्छौं भने तब अवचेतनमा हामी उस्को जीनहरु लाई मन पराइ रहेका हुन्छौं। जब हामी कसै संग आकर्षित हुन्छौं तब मन भित्रै बाट जिउ ज्यानले आकर्षित भइ रहेका हुन्छौं । जसलाइ हामी मन पराउछौं , त्यसको रुप- रंग मात्र होईन , उसको गन्ध पनि हामीलाई मन परिरहेको हुन्छ । बैज्ञानिकहरुको भनाइमा प्रेमको आकर्षण रसाकर्षण हो। जब दुई ब्यक्तिको मिलन हुन्छ भने त्यो वास्तवमा त्यो " केमिस्ट्री " को मिलान हो। यो कैमिस्ट्रीको भूमिका एस्ट्रोजन, टेस्टोस्टेरान, सेरोटोनिन और डोपामीन रसायनले गरेको हुन्छ । प्रेममा एउटा रसाकर्षणले अर्को रसायन लाई आकर्षित गर्छ । जस्तै यदि कुनै स्त्रीमा " एस्ट्रोजेन " नामक हार्मोन रसायन धेरै छ भने त्यस्ले " टेस्टोस्टेरान " रसायन धेरै मात्रामा भएको पुरुष लाई आफू तिर आकर्षित गर्छे । यसबाहेक बैज्ञानिकहरुको भनाइ अनुसार अर्को सुगन्धले पनि प्रेमको आकर्षणमा भूमिका खेलेको हुन्छ अरे। शरीरको यो सुगन्ध " फेरोमोन" रसायनको देन हो। येस्मा बाबु-आमाको जीनको देन हुन्छ । सन्तानहरु लाई यो सुवास बाबू - आमा बाट विरासतमा प्राप्त भएको हुन्छ । जो हरेक समय आफ्नो प्रेमको दिवा सपनामा डुबि रहन्छन् भने यस अवस्था त्यस्को शरीरको तिन तन्तुहरुको रसायन सक्रिय भइ रहेको हुन्छ । यी तीन रसायन हुन - ऐड्रिनलीन, डोपामीन र सेरोटोनिन। प्रेमको शुरूवातमा शरीरमा तनाव बढ़छ र रगतमा ऐड्रिनलीन तथा कार्टिसोल हार्मोनोंको मात्रा बढ़छ । त्यो अवस्थामा जब कुनै प्रेमिको अचानक आफ्नो प्रेमिका भेंट हुँदा त्यो पसीनाले भिज्छ । उसको हृदय जोडले ढुक - ढुक भइ मुख सुक्न थाल्छ । दोस्रो डोपामीनले मस्तिष्कमा त्यही असर गर्छ , जो कोकेन या निकोटीनले गर्छ । अर्थात यो रसायनले दिमागमा प्रेमको नशा भरी दिन्छ । प्रेमको अवस्थामा डोपामीनले प्रेमिका प्राप्त गर्ने चाहना बढाउछ र दिलो-दिमाग में एक अचम्मको आनन्दको अनुभूति भरि दिन्छ र भोक -प्यास र निद्रा गायब गरि दिन्छ । अब तेस्रो रसायन सेरोटोनिन। यो रसायनले आनन्दको अनुभूति गराउदै प्रेममा पागल पार्छ । मनमा हरेक बेला प्रेमको विचार प्रकट गराउछ । त्यसपछि आसक्तिको अवस्था आउँछ । यह अवस्था आउँदा प्रेमको परिणति पूरा हुन्छ । यहि प्रेम नै त्यो रासायनिक बन्धन हो , जसले मिलन पछी जोड़ेर राख्छ र हामी जन्म जमान्तर संगै रहने सपना पाल्छौं । प्रेमको यो बन्धनमा मुख्य रूपले आक्सीटोसिन और वैसोप्रेसिन नामक दुइटा रसायनको हात हुन्छ । ती पनि हार्मोन नै हुन।यिनले रासायनिक भाषामा सन्देश पुर्याउछन। अन्त्यमा , मैले अध्यन गर्दा अरु पनि धेरै रसायन र हार्मोनहरु रहेछन , जस्ले प्रेममा ठूलो भूमिका खेलेको रहेछ । तिनको चर्चा गर्दा लामो हुने भएकाले आज लाई येत्तिकै मात्र। धन्यवाद !

Comments