ख्वप कलेज देकोचा भक्तपुरमा शैक्षिक प्रदर्शनी हुने (फाइल तस्वीर)
माघ २६, २०७९, बिहीबार | विहान ११:२० बजे | 30
भक्तपुर । ख्वप कलेज देकोचा भक्तपुरमा दुईदिने शैक्षिक प्रदर्शनी हुने भएको छ । प्रदर्शनी फागुन ३ र ४ गते कलेजकै प्रांगनमा हुने जनाइएको छ ।
ख्वप माविको २३ औं, ख्वप कलेजको २१ औं, शारदा क्याम्पसको ३२ औं वार्षिक उत्सवको अवसरमा प्रदर्शनी हुने जनाइएको छ । प्रदशर्नीमा एक सय भन्दा वढी स्टलहरु रहने जनाइयो ।
प्राचार्य जोशीले प्रदर्शनीको प्रवेश निःशुुल्क हुने जनाए । प्रदर्शनी अवलोकनका लागि भक्तपुरसहित काठमाडौं उपत्यका र काभ्रेका विभिन्न स्कुलहरुमा पत्राचार गरिसकेको जानकारी उनले दिए ।
प्रदर्शनीको सफलतापूर्वक सम्पन्न गर्नका लागि प्राचार्य रुपक जोशीको अध्यक्षतामा विभिन्न उपसमितिहरु गठन गरिएका छन् ।
वार्षिकोत्सवको अवसरमा विभिन्न खेलकुद प्रतियोगिताहरु पनि सुरु भएका छन् । यस क्रममा छात्र र छात्रा व्याडमिन्टन र छात्र र छात्रा दौड प्रतियोगिता शुक्रबार विहानबाट सुरु हुने छन् । टबुलटेनिस छात्र र छात्रा, सटपुट छात्र र छात्रा, चेस छात्र र छात्रा तथा फुटसल छात्र शनिबारबाट सुरु हुने जनाइएको छ । साथै छात्रा फुटसल, भलिबल छात्र र छात्रा आइतबारबाट सुरु हुने जनाइएको छ । यस क्रममा प्रतियोगितात्मक साँंस्कृतिक कार्यक्रम पनि हुने जनाइएको छ । वार्षिकोत्सवको उदघाटन कार्यक्रम भने फागुन ३ गते बुधबार विहान साढे १० बजे हुने कलेजले जनाएको छ ।