ख्वपमा इन्जिनियरिड्ड पढ्न कुनै सोर्स फोर्स नचाहिने


माघ २१, २०७९, शनिबार | दिउँसो ०३:२३ बजे | 20


ख्वपमा इन्जिनियरिड्ड पढ्न कुनै सोर्स फोर्स नचाहिने

भक्तपुर । भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप इन्जिनियरिड्ड कलेजको २१ औं र ख्वप कलेज अफ इन्जिनियरिड्डको १४ औं बार्षिकोत्सव समारोहको विदाई तथा सांस्कृतिक कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सचिव माननीय श्री प्रेम सुवालको प्रमख आतिथ्यमा शनिबार सम्पन्न भयो ।
कार्यक्रममा प्रमुख अतिथि माननीय प्रेम सुवालले एक घर एक स्नातक र समाजलाई वुद्धिजिवीकरण गर्ने नीति अनुसार स्थानीय तहको निर्वाचनमा नेपाल मजदुर किसान पार्टीको घोषणापत्रमा कलेज खोल्ने उल्लेख भएको हुंदा नगरपालिकाले २०५६ सालमा ख्वप उच्च मा.वि., २०५८ सालमा ख्वप कलेज र ख्वप इन्जिनियरिड्ड कलेज संचालनमा ल्याएको बताउनुभयो । सर्वसाधारण जनताका छोरा छोरीलाई सहज र सुलभरूपमा इन्जिनियरिड्ड शिक्षा दिई रहेको चर्चा गर्दै ४÷५ वटा विश्वविद्यालयको स्थापना भैसक्यो तर संसदमा दर्ता भैसकेको ख्वप विश्वविद्यालयको विधेयक अहिलेसम स्वीकृत नभएको बताउनुभयो । राणा शासनमा १०४ बर्ष जनताको छोरा छोरीलाई शिक्षाबाट बन्चित गरिएको चर्चा गर्दै अहिलेका शासक दलहरुले पनि ख्वप विश्वविद्यालय स्वीकृत नदिई जनताका छोरा छोरीलाई उच्च शिक्षा हासिल गर्नबाट बञ्चित गरेको बताउनुभयो ।
संसारभर प्रजातन्त्र र मानव अधिकारको परिभाषा संरा अमेरिकाले भने जस्तो हुनुपर्ने निति गलत भएको बताउनु हुंदै संरा अमेरिकामा एसिया अमेरिकी र अफ्रिकी मूलका जनतालाई विभेद गर्ने गरेको चर्चा गर्दै रड्ड भेदी निति भएको संरा अमेरिकाले भनेको जस्तो प्रजातन्त्र र मानव अधिकारमा बस्नुपर्ने गलत भएको सांसद सुवालले बताउनुभयो ।
अर्को एक प्रसंगमा उहांले ख्वपमा इन्जिनियरिड्ड पढ्न कुनै सोर्स फोर्स नचाहिने, विद्यार्थीले प्रवेश परीक्षामा ल्याएको प्राप्ताड्ढको आधारमा भर्ना गर्न सकिने बताउनु हुंदै देशैभरीबाट ख्वपमा विद्यार्थी अध्ययनरत रहेको र ख्वपले देशको सेवा गरिरहेको बताउनुभयो ।
देशको कम्प्युटर प्रणाली ह्याक हुंदा नेपालको प्रशासन नै ठप्प भएको स्मरण गर्नुहुंदै देशमा भएका इन्जिनियरिड्ड कलेजहरुलाई यस्तो ह्याकलाई रोक्ने प्रणाली विकास गर्न जिम्मा दिनुपर्नेमा अमेरिकी मन्त्रीले सहयोग गर्ने कुरा गलत भएको बताउनु भयो ।
नाफाको निम्ति शिक्षण संस्था खोल्ने व्यापारीलाई शिक्षा मन्त्री तथा देशको नागरिकता नै नभएको व्यक्तिलाई गृह मन्त्री बनाउनु गलत भएको चर्चा गर्दै आफ्नो स्वार्थ बाझिने गरी सार्वजनिक जिम्मेवारी दिन नहुने बताउनु भयो ।
अनैतिक व्यक्तिलाई ठूला राजनैतिक पार्टीले निर्वाचनको टिकट दिंदा अहिले निलम्बनमा परेको बताउनु हुंदै जुन जुन पार्टीले गलत व्यक्तिलाई निर्वाचनमा उठाएको हो, उप निर्वाचनको खर्च ती पार्टीहरुस“ग उठाउनु पर्ने बताउनुभयो । निर्वाचन जितेपछि काठमाडौंमा घर बनाउनै पर्छ भन्नु भन्दा पनि आ आफ्नो निर्वाचन श्रेत्रमा शिक्षा र स्वास्थ्य क्षेत्रको विकासमा सांसदहरु लाग्नुपर्ने बताउनु भयो ।
बस्ती विकास गर्दा वस्ती वरिपरी खाली जग्गा पनि हुनु पर्ने, स्वच्छ हावापानी तथा हरियाली पनि हुनुपर्नेमा यहां वस्ती विकासको नाउंमा ऋयलअचभतभ को जंगल बनाइ रहेको बताउनुभयो । अवको केही बर्षमा काठमाडौंमा मुटु, कलेजो, किड्नी तथा फोक्सोका विरामीहरु बढ्ने वातावरणविद्हरुको भनाइ स्मरण गर्नुहुंदै ःभनबअष्तथ तथा ःभनब एचयवभअत हरु देशले ठेग्न नसक्ने हुंदा सरकारले देशको सन्तुलित विकास हुने गरी योजना ल्याउनुपर्ने र खाद्यान्नमा देश आत्मनिर्भर हुनु पर्ने बताउनुभयो ।
कार्यक्रमका सभापति एवम् भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले देश विकासमा प्राविधिकहरुको महत्वपूर्ण भूमिका हुने बताउंदै क्षणिक फाइदाका लागि ठेकेदारहरुसंग मिलेमतो गरी गलत काममा नलाग्न आग्रह गर्नुभयो ।
उहांले केन्द्र सरकारको असहयोगको कारण भनपाले चाहेर पनि ख्वप विश्वविद्यालय सञ्चालन गर्न नसकेको उल्लेख गर्दै शिक्षा र स्वास्थ्य जस्ता आधारभूत आवश्यकताको विषयहरु समेत किनबेचको वस्तु बनाइने उदारवादी नीति नै यसको मुख्य कारण हो भन्नुभयो ।
उहांले भन्नुभयो, नैतिकता नै सबैभन्दा ठूलो धन हो । बिल मिलाउन ठेकेदारहरुले डरधम्की दिने, कामबाट हटाउने वा हत्या गर्ने सम्मको प्रयास गर्न सक्छन् । तर हाम्रा कलेजबाट उत्पादित जनशक्तिले ती कुनैको पर्वाह नगरी, अलिकति पनि विचलित नभई स्वाभिमानीपूर्वक काम गर्ने आशा गर्छु ।
कार्यक्रममा बाग्मती प्रदेशसभा सदस्य सृजना सैंजूले शिक्षामा राज्यको बेवास्ता, शिक्षामा व्यापार र निजी क्षेत्रको हालीमुहालीविरुद्ध नेमकिपाको शैक्षिक आन्दोलन अगाडि बढिरहेको बताउँदै कामदार जनताका छोराछोरीलाई उच्च शिक्षा र इन्जिनियर तथा प्राविधिक बनाउने सपना भक्तपुर नपाले पूरा गर्न सफल भएको बताउनुभयो । उहाँले राज्य, राजनीति र शिक्षाले युवालाई स्वदेशमै बस्न अभिप्रेरित गर्नुपर्ने धारणा राख्नुभयो ।
ख्वप इन्जिनियरिड्ड कलेजका प्राचार्य ई. सुजन माक, ख्वप कलेज अफ इन्जिनियरिड्डका प्राचार्य ई. सुनिल दुवाल, ख्वप इन्जिनियरिड्ड कलेजका उपप्राचार्य ई. रविन्दू फैंजु, ख्वप कलेज अफ इन्जिनियरिड्डका उप प्राचार्य ई. रत्नशोभा प्राजपति इन्जिनियरिड्ड अध्ययन पूरा गरेको विद्यार्थीहरुको उज्जवल भविषयको शुभकामना दिनुभयो ।
उक्त कार्यक्रममा प्रमुख अतिथिले २०७८ सालमा स्नातक तथा स्नातकोत्तर तह पूरा गरेका विद्यार्थीहरुलाई मायाको चिनो प्रदान गर्नुभयो ।

Comments