कठैबरी मेरो देश नेपाल
माघ १६, २०७९, सोमबार | विहान ०३:०९ बजे | 5
तुल्सीनारायण लाखेमरु
चन्द्र सूर्य अङ्कित झण्डा, विश्वको उच्च सगरमाथा हाम्रो नेपाल । बुद्ध जन्मेको मेरो देश । कठैबरी मरो प्रतिपक्ष नभएको संसदले कंगाल बनाएको छ । हिमाल मुनि पहाड छ, पहाड मुनि तराई छ । बुद्ध जन्म भएको देशमा विदेशीको राजिनिति हालीमुहाली छ ।
जीरे खुर्सानी रवि लामिछाने र अर्काे अकबरे खोर्सानी प्रचण्ड पुष्पकमल दाहाल र शेरबहादुर देउवा कति जिद्धी । कति घमण्डी । स्वार्थले साथी भन्नेलाई पनि मित्रवत व्यवहार नगर्ने । प्रजातन्त्रकालपछि जेठो कांग्रेस पार्टी सानो लोभले लाभ, लाभले विलास । खाना पस्कन अगाडि ठिक्क परेको, हरेकको बुद्धिजिवि वर्ग र आफ्नो पार्टीको कुरा नसुनी आफ्नै वरिपरिलाई तिमी मेरो अगाडि के हो ? भनेको कारण मृगतृष्णा जस्तै गर्दा बोलीको गोली, गोलीको बोली हुन गयो । त्यो गालीले आफैलाई मात्र नभई जिल्लाजिल्लाको किला उखलेर फाल्ने काम शेरबहादुर देउवाले गरे । त्यो स्वभाव, त्यो विचार, त्यो व्यवहार, आइमाईको जस्तो विचारले गर्दा भयो । प्रतिपक्ष भएको सत्तापक्षमा परिणत भयो । एकान दुईकान मैदान भयो । सत्तापक्षमा मतदान गरेको हुनाले कांग्रेस पार्टीको अस्तित्वको हरण भयो । सिद्धान्त नभएको पापी, तरकारीमा नुन नभएको जस्तो भयो । दर्जनौं कोशी, कर्णाली, मेची, महाकाली एमसिसि, नागरिकता विधेयक पास ग¥यो ।
अहिलेका युवा नेता गगन थापाले एमसिसि छाती थोकेर जसरी भएनी पास गर्ने भन्नुभएको थियो । त्यही सिद्धान्त नभएकोे अनुसाशन नभएको पाइन्छ । शिक्षा बिनाको मानिस लगाम विनाको घोडा । तर त्यहि संदेशले देशको मुहार फेर्ने छ । बासको घारी भएको ठाँउलाई बासघारी भनेको जस्तै र शहिदको शालिक राखेको ठाउँ शहिदगेट भनेको जस्तै नेपालमा अहित अल्पज्ञानी कुविचार कुसंस्कार एक नंम्वरमा नेपालेको प्रधानमन्त्री शेरबहादुर देउवा पर्दछ । उच्च पदमा पुगेपछि जनताको उचाई नदेख्ने । आफ्नो देशको जनतालाई भन्दा युक्रेन देशको शासक वर्ग र जनतालाई माया गर्ने । आलुवारीमा जाउ भन्दा भान्टावारीमा जाने । सधैँ पैसाको पुल बनाएर गुण्डाराज गर्ने । पैसावाल ठेकेदार छलकपट गर्ने, झुक्याउनेबाहेक अरु काम नगर्ने । मुखमा रामराम वगलीमा छुरा अनि भन्छ खोइ तिमीहरुको सानो पार्टी तीन प्रतिशत पनि मत आउँदैन ? तिमीहरु त मान्छे नै होइन भनेर व्यवहारले पशुलाई जस्तै गर्छ ।
बिहानको खालि गाग्री भने जस्तै खराव व्यवहारले गर्दा देशमा दुर्घटना पर्न आएको हो । अहिले पनि सत्ता पक्षले राम्रो काम गर्छ भनेर नसोचे पनि हुन्छ । बुद्धि विवेक छैन भने देशको ड्राइभर भएर एमसिसि र नागरिकता विदेयक पास गर्नु हुदैन । तब न देशभक्त हुन्छ, सत्तामा जाने पदमा बस्ने नैतिकतावान नबन्ने पैसा खाने, देश बेचेर खाने, जनतालाई कृषियोग्य सामान मलखाद नल्याउने र रगतको नाता र मलको नातालाई वास्ता नगरि तराई, पहाड र हिमाल पाखापाखाको जनतालाई फुटबल खेलाडिले भकुण्डो खेले जस्तै खेलेको छ । भावी पुस्ताको अभिभावक भएर सन्ततीलाई नेतिकवान भएर देश बेच्ने हुदैन भनेर पञ्चसीको पालन नेतृत्वदायी भुमिका खेल्नु आवश्यकता छ ।
मैले जानेदेखि भक्तपुरको संगठनको औलकिक कार्य २०२१ सालमा राजा महेन्द्रको पालामा नापी आउदा ने.म.कि.पा. को अध्यक्ष नारायणमान दाईले औलंकिक काम गरेको अग्रज किसान कार्यकर्ताहरुको जग्गामा मोहियानी नाम लेख्न सफल भएको र अग्रज कार्यकर्ताहरुमा अमेरिकी साम्राज्यवादले भियतनामी जनतालाई साह्रै दुख दिएको कुरा ताजै छ । भेटनामी जनतालाई आफ्नै देशको अधिनमा राख्न खोजेको तर भियतनामी जनताले आफ्नो देशको रक्षा गर्न लडेको घटना अहिलैसम्म जिउदै छ र भक्तपुरको जनताले एमसिसिको विरोधमा अमेरिकी राजदुतावासमा विरोधपत्र दिएको स्मरण गराउदै पछि पनि काठमाण्डौँ बानेश्वरमा धर्ना कार्यक्रम गरेको । अन्तिममा २०३६ सालदेखि २०७९ मंसिर ४ गतेसम्म पद र पैसाको भागबन्दामा नपरेको ठिक साचो हो ।
सूर्यविनायक ८, जगाती भक्तपुर ।