शिक्षक सेवा विशेष तयारी कक्षा भक्तपुरमा सुरु


माघ १५, २०७९, आइतबार | दिउँसो ०३:०४ बजे | 15


शिक्षक सेवा विशेष तयारी कक्षा भक्तपुरमा सुरु

भक्तपुर, माघ १५ । आदर्श आजाद कलेज भक्तपुरमा शिक्षक सेवा आयोगको तयारी कक्षा संचालन सुरु भएको छ । भेट्रन करियर एकेडेमीका संचालक नरेन प्रसाइले गत वर्ष भक्तपुरमा पहिलो पटक संचालन भएको तयारी कक्षाबाट ७५% विद्यार्थी उतीर्ण भएको र त्यसमध्ये ३०% विद्यार्थीले नाम निकाल्न सफल भएको बताउँदै यस वर्ष संचालन हुने शिक्षक सेवा आयोगको परीक्षामा अझ बढी विद्यार्थीले नाम निकाल्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले उक्त तयारी कक्षामा शिक्षक सेवा आयोगको परीक्षामा केन्द्रित भई आइ क्यू, सामान्य ज्ञान तथा शिक्षा विषय लगायत विद्यालयमा अध्यापन हुने अनिवार्य विषयहरुको समेत विशेष कक्षा संचालन हुने बताउनुभयो । भक्तपुरमा दोश्रो पटक संचालन भएको सो तयारी कक्षामा लोक सेवा आयोगका चर्चित प्राध्यापकहरुले प्रावि, निमावि तथा मावि तह स्तरीय कक्षा लिने बताउँदै प्रसाइले भक्तपुरका शिक्षक तथा विद्याथीहरुको सहजताको लागि काठमाडौंको बागबजार स्थित भेट्रन करियर एकेडेमीको व्यवस्थापकीय शाखा कार्यालय सूर्यविनायकको एभरेष्ट करियर एकेडेमी र आदर्श आजाद कलेजमा नाम दर्ता गर्न सकिने बताउनुभयो । अभिमूखीकरण कक्षामा सामेल भएकालाई २० % छुट उपलब्ध गराएको सो कक्षामा आवश्यक सामाग्री समेत उपलब्ध हुने बताइएको छ

Comments