इतिहास दोहिरिन लामो समय नलाग्न सक्छ


भदौ १६, २०७७, मङ्गलबार | विहान ०७:२२ बजे | 15


विश्वराम कवाँं
समय र परिस्थितिले मानिसलाई कहाँकहाँ पु¥याउछ भन्ने कुरा सुन्दा अचम्म लाग्ला । जब आपैmले भोग्छ अनि मात्र वास्तविक रहेछ भन्ने विश्वास गर्छ । समय भन्दा बलवान कोही नहुने रहेछ ।
मानिसहरु देश बाहिर होस् या देशभित्र, स्वदेशी होस् या विदेशी, सबै बिदा मनाउने, रमाईरमाई नयाबर्ष मनाउने, नयाँ लुगा लगाउने, चंङ्गा उडाउने, विदेश घुम्ने, परिवारसंगै बसेर मिठोमिठो परिकार बनाएर खाने ,नयाँ सालमा नयाँ व्यवसायको योजना बनाउने, आप्mनो क्षमता अनुसार नयाँ साइकल, मोटर साइकल, कार, गाडी किन्ने, नयाँ सवारी साधनमा परिवारपरिवार मिली बोका, खसी, च्याँग्रा किनेर पूजा गरी परिवार, साथीभाई, दाजुभाई, दिदिबहिनीसंगै बसी भोज गरौंला भनी मनमनै योजना बनाउदै थिए । अचानक हाम्रो देशको दक्षिणमा पर्ने छिमेकी राष्ट्र चीनको उहान भन्ने प्रान्तमा सालको अन्तिम महिनाको अन्ततिर कोभिड १९ भन्ने महामारी रोगले संक्रमित भएको खबर विभिन्न संञ्चारमाध्यमले प्रचारप्रसार गरे । यो रोगले हाम्रो देशमा कुनै मतलबै गरेन । चीनको संक्रमित स्थानमा लकडाउन गरेको समाचार चीनिया राष्ट्रपतिले जनताको नाममा सम्बोधन गरिएको भाषण सुनेर चिनिया डाक्टर, नर्स, सरकारी कर्मचारी, यूवा पुस्ता खटिएको, जसको क्षमता जे छ, स्वयंमसेवकको रुपमा उत्साहित भएर लाग्नु भने । राष्ट्रपतिको शब्द शब्दको ख्याल गर्दै, राष्ट्रपतिले यो एक प्रकारको युद्ध हो, युद्धलाई जित्नु हामी सबैको कर्तब्य हो, चिनियाहरुले युद्धमा हार्न जानेको छैन, सबै नागरिकले आफ्नो परिवारलाई दुःख परेको बेला हेरेर बस्ने होइन । सबैले सकेको ठाँउबाट मद्दत गर्नु भनेर सम्बोधन गरेकोलाई मनन् गरी उद्यमी, व्यापारी, व्यवसायी, मजदुर, सेना सम्पूर्णको लागि चौबिसै घण्टा के दिन के रात भनी रातारात खती १० हजारको अस्पताल एक हप्तामा तयार गरेर देखाए । संक्रमितको लागि चाहिने खाना, फलपूmल, लुगा, कफी सबै मिलेर घरघरमा सितैमा उपलब्ध गराई दिए ।
होम क्वारेन्टाइनमा बसेको होस् या अस्पतालमा बसिरहेको सम्पूर्ण कोरोना पिडितहरुलाई सारा चिनिया जनताहरुले सहयोग गरिरहेको थानी आपूmलाई कोरोनाबाट संक्रमित भएको महशुसै नगरेको भावना व्यक्त गरिएको विभिन्न संञ्चार माध्यमबाट विश्वनै चकित हुनेगरि देखाईदिए । संक्रमित क्षेत्रमा राष्ट्रपति आपैm ३÷४ पटक पुगेको, टिभीमा विरामीहरुले लकडाउनमा घरमै बसिरहेको , ज्येष्ठ नागरिक होस् या यूवा खुशी भएर हात हल्लाएर सम्बोधन गरेको खुशीले आँसु झारेको देखाए । यसरी सबै अनुसाषित भएर चिनमा ४०÷४५ दिनमा लकडाउन खुकुलो गरिएको खबर आए । बिस्तारै एक पछि अर्को उद्योग, व्यवसाय खुल्ला गरी साधारण जीवन यापन गर्ने वातावरण बनाए ।
      त्यस्तै गरी हाम्रो देशको उत्तरी भागमा पर्ने खुल्ला सिमानाले जोडिएको छिमेकी राष्ट्र भारतमा कोभिड १९ संक्रमितको संख्या र मृत्यु हुनेको संख्याको तथ्याङ्क विभिन्न संञ्चार माध्यामबाट प्रचार प्रसार गरिरहे । सिमाना संगै जोडिएको जिल्ला जिल्लामा मानिसहरु दैनिक ओहोर दोहोर हुनु स्वभाविक हो । झण्डै २९ नाकाबाट दैनिक नेपाली मजदुरहरु हजारौं संक्रमित भएको नभएको  परीक्षण नै नगरी गाडीमा राखी भेडा बाख्रालाई छोडे भैm छोड्न ल्याएको टिभीमा देखाईरहे । यसलाई कसरी रोक्नु पर्ला भनि राज्य संचालकज्यूहरुले सोचै राखेन । बरु हाम्रा प्रधानमन्त्रीज्यू उखान टुक्का भन्दै ठट्टाकै रुपमा बेसार पानी कोरोनाको औषधी र नेपालीको क्षमतालाई कोरोनाले नभ्याउने र पशुपतिनाथले हामी सबैलाई रक्षा गर्ने भनाई राख्दै सम्बोधन गर्नु हुन्थ्यो ।
      राज्य संचालकहरुले समयमै खुल्ला सिमाना जहाँजहाँ छ त्यस क्षेत्रमा आवत जावतमा कडाई गर्नु पथ्र्यो । मजदुरको रुपमा भारतबाट फर्किएकालाई राज्यको नियमानुसार १४ दिन क्वारेन्टाईनमा राख्ने बन्दोवस्त गर्नुपथ्र्यो । प्रत्येक प्रदेशमा कम्तिमा ४÷४ हजार अतिने २÷२ बटा संक्रमितको लागि अस्पतालको बन्दोवस्त गर्ने, प्रत्येक प्रदेशका स्वास्थ्यकर्मीहरुलाई राष्ट्रभक्तिको भावनाबाट प्रेरित बन्ने भावनात्मक सम्बोधनमा आउनु उपयुक्त हुन्थ्यो । स्वास्थ्यकर्मीहरुलाई निर्धक्कसंग सेवा गर्ने वातावरण र निजी अस्पतालहरुलाई संक्रमित परेको समयमा सबैलाई हातमा हात राखेर अगाडी बढ्ने वातावरण बनाउन अनुरोध गर्नु प¥र्यो । यि उपायहरु अवलम्बन गर्ने र कार्यान्वयनको लागि स्थानिय सरकार र प्रदेश सरकारलाई पूर्ण रुपमा जिम्मेवारी दिने र त्यसको निरिक्षण केन्द्रिय सरकारले गरिए प्रभावकारी हुने ।
      राज्य संचालकहरुले देशका मजदुर गरीखाने, सर्वसाधारण जनता व्यवसायीहरुको स्थिती के होला नसोची विदेशीले कोरोना सम्बन्धि अपनाएका सहज बाटो लकडाउन, सतडाउन र निषेधाज्ञा जारी गरी खाली कुर्सी जोगाउने काम मात्र गरे ।
      २०७६ चैत ११ गते लागु गरिएको लकडाउनको समयमा (राज्य सम्बन्धि) विशेष ध्यान दिएर खुल्ला सिमाना पूर्ण रुपमा नाका बन्द गरिएको भए अहिले जनताले यति दुःख भोग्नु पर्ने थिएन । राज्य संचालकहरु खाली कमिसन कहाँ आउछ , त्यस्तै मात्र ध्यान केन्द्रित भएको पाईन्छ । असार मसान्त सम्म खर्च गर्न नसकी बाँकी भएको बजेट कहाँ कहाँ छ आफ्नो नजिकको सांसदको जिम्मा लगाउने, जसमा १(एक) लाख खर्च गरेर १(एक) करोडको विल पेश गरे पुग्ने र सबै जिल्लाृ जिल्लामै खर्च भएको देखाएर बिल पास गर्नेलाई थर्काएर हुन्छ कि केहि प्रतिशत दिएर आफ्नो मान्छेलाई भाली निर्वाचनको लागि विकास प्रमीको नारा दिलाउने वातावरण तयार गरेको पाईनछ ।
      नेपाल सरकारले वनाएको आईसोलेसनबारे संक्रमित भएर आईसोलेसनबाट फर्केका संचारकर्मीले नयाँ पत्रिकामा मिति ०७७ भदौ १२ गते शुक्रबार जनकपुरका संजय शाहको भनाई अनुसार संक्रमित व्यक्तिले पौष्ट्रिक खाना खानु पर्छ भनिन्छ तर आईसोलेसनको खाना कुनै दृष्ट्रिले पनि गुणस्तर युक्त थिईएन । हामी संगै ७०÷७५ बर्षका वृद्ध मधुमेहका रागी पनि संक्रमित थिए । उहाँहरुलाई आलु र भात खान परेपछि उहाँको स्वास्थ्य झन बिग्रियो । सुगर लेभल बद्दा ति वृद्धले दुई दिन त खानानै खानु भएन । उहाँको स्वास्थ्य अवस्थाको बारेमा जानकारी गराउँदा पनि कसैले कुनै चासो देखाएनन् । दारुण अवस्थाका आईसोलेसनहरुमा संक्रमित ब्यवस्थापन निकै कर्मकाण्डी र अमानविय छ । त्यसमा सुधार गर्न नसकिए ती मानव बधशाला बन्न बेर छैन् ।
      जताततै फोहर भरिएको आईसोलेसन सुंगुरको खोर जस्तो थियो । खानेपानीको व्यवस्था र सरसफाईको लागी सावुन समेत थिएन । एक दिन आएका चिकित्सक पनि ब्याट्री नभएको थर्मलगन लिएर आएका थिए । त्यस पछि चिकित्सक कहिल्ये देखिएनन् । स्वास्थ्य अवस्था नियमित जाँच गर्नु पर्छ भनेर हामीले माग गरेपछि सरसफाई कर्मी (स्विपर) को हातमा थर्मलगन थमाएर पठाईयो । पिपिई लगाएका व्यक्तिले मेरो तापक्रम जाँच गरेपछि मैले तापक्रम कति छ भनेर सोधे जवाफमा ति व्यक्तिले भने मलाई के थाहा म त सरसफाई गर्ने मान्छे हुँ ।
      स्विपरलाई तापक्रम जाँच गर्न लगाएर हाम्रो स्वास्थ्यलाई मूल्यहिन मज्जाक बनाईयो महामारीको संक्रमण भएका मानिसको स्वास्थ्य माथी यति हदसम्मको लापरबाही हुन्छ भन्ने कल्पनातित थियो । तर म अनि त्यो भोगेर फर्किएको छु ।
   यदि राज्य संचालकहरुले खराब आचरणका व्यक्तिहरुलाई कारबाही नगरी यस्तै औपचारीकतामा सिमित गरिएमा भोली भयाबह स्थिति आउने छ र परिवारले परिवारको लास हेर्ने सिवाय अरु विकल्प नहोला ।
   राज्यमा नेपाल सरकारले ४ महिना (चैत, बैशाख, जेष्ठ र असार) मा स्वास्थ्यकर्मीहरु नर्सहरु , डाक्टरहरु सबैलाई कोरोना सम्बन्धि प्रशिक्षण, पिपिआर र पिसिआर परिक्षण सम्बन्धि तालिम दिनुको साथै नयाँ अस्पतालको भवन बन्दोबस्त गर्नु पथ्र्यो । स्थानिय सरकार र प्रदेश सरकारलाई (आवश्यकतालाई) ध्यानमा राखी स्वयमसेवक तयार गर्नु भनि निर्देशन दिनुका साथै विना हतियार युद्ध भूमिमा खतिएका डाक्टर, नर्स र स्वयमसेवकहरुलाई निर्धकसंग सेवा गर्ने वातावरण बनाउनु पथ्र्यो । बरु यस्तो समयमा सरकारले जनताको स्वास्थ्य भन्दा कर उठाउने वातावरणमा ध्यान केन्द्रित बनाई २०७७ साल श्रावण महिनाको ५ गते मन्त्रीपरिषदको बैठक बसी श्रावण ६ गते राती देखिलाई हुने गरी बन्दाबन्दी हताएको घोषणा गरी पूर्व मेची देखि पश्चिम सम्मका संक्रमित हो होईन परिक्षण नै नगरी कर तिर्ने चालक अनुमति पत्र लिने ठाउँ , विदेश जाने वातावरण मिलाउने स्थानमा ठेलम ठेला गर्ने कार्यले गर्दा आज भदौ १ महिनामा ४ महिनाको उताहो कता संक्रमित र मृत संख्या वृद्धि भई यो परिस्थिति आई परेको हो ।
      लकडाउन सतडाउन र निशेधाज्ञा लागु गरेर संक्रमित निमूल गर्ने होईन यसले त मानिसमा अल्छिपन ल्याउने, मानसिक रोगी वृद्धि, आत्मा हत्या वृद्धि गर्ने, विलासी जीवन विताउने, गरिवी उत्पादन गर्ने, हिंसा बदाउने, उद्यमी व्यवसायमा निरुत्साहित बनाउने आदि निमत्याउने छ । त्यस कारण राज्यले यो विषयमा विकल्पना खोज्न नितान्त आवश्यक भैसकेको छ । बिकल्पको रुपमा तत्कालै सामाजिक दुरी कायम गरी उद्योग, व्यवसाय, अफिस, अडाअदालत संचालन गर्ने । जसले नियम पालना गर्दैन त्यस्तो लाई कडा कार्वाही गर्ने ।
   यसरी कोरोना संक्रमितको महामारी पैmलि जीवन निर्वाह गर्न असहज भैरहेको समयमा ६÷७ महिना कुर्सी झगडा गरी जनतालाई दुईतिहाईको दम्भ देखाएर बसेका छन् । जनताले मूल्याङ्कन गरिरहेका छन् र राज्य संचालकको निम्ती पनि यो प्रजातन्त्रका निम्ती राम्रो लक्षण होईन इतिहास दोहिरिन लामो समय नलाग्न सक्छ ।

Comments