लिशा इगलिश सेकेण्डरी स्कुलको वार्षिकोत्सव कार्यक्रम सम्पन्न


माघ १४, २०७९, शनिबार | विहान ०९:५७ बजे | 20


लिशा इगलिश सेकेण्डरी स्कुलको वार्षिकोत्सव कार्यक्रम सम्पन्न

भक्तपुर । भक्तपुरको लिवालीस्थित लिशा इगलिश सेकेण्डरी स्कुलको ३४ औं वार्षिकोत्सव कार्यक्रम शनिबार सम्पन्न भएको छ । त्यस अवसरमा नयाँं व्लकको उदघाटन पनि भएको थियो । साथसाथै प्रिस्कुल दीक्षान्तको उपलक्ष्यमा पुरस्कार वितरण तथा साँंस्कृतिक कार्यक्रम पनि भएको थियो । 
कार्यक्रमका प्रमुख अतिथि नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेेंले अध्ययनको कमीले वर्तमान राजनीतिक अवस्था आएको बताएका छन् । त्यसकारण अहिलेका विद्यार्थीलाई कितावी ज्ञानमा मात्रै सिमित नराखी चौतर्फी ज्ञान दिनुपर्नेमा उनले जोड दिए । 
उनले विद्यार्थीलाई राजनीतिक शिक्षा पनि दिनुपर्ने खाँंचो औंल्याए । जनताले राजनीति सही रुपमा नबुझ्दा देशमा अहिलेको संकट आइरहेको चर्चा उनले गरे । सही मानिस राजनीतिबाट भाग्दै जाँंदा गलत मानिसहरु राजनीतिमा आउने र उनले गलत काम गर्ने उनको भनाई थियो । त्यही भएर सही मानिस राजनीतिमा आउनुपर्ने आवश्यकता उनको थियो । 
अध्ययनको कमीले विदेशमा भएको एउटा अन्तराष्टिय सम्मेलनमा नेपालका प्रधानमन्त्री र परराष्ट मन्त्रीले नबुझ्दा केही पनि विषयवस्तु नबुझेर बेइजत भएको भन्दै उनले भने, म त्यो प्रधानमन्त्री र परराष्ट मन्त्रीको नाम लिन्न तर तिनीहरुले गर्दा हाम्रो देशको नै बेइजत भयो । 
उनले विद्यार्थीलाई पाठ्यपुस्तकका साथै राष्टिय अन्तराष्टिय राजनीतिबारे पनि बुझाउन विद्यालय र स्कुलका शिक्षकशिक्षिकाहरुलाई सुझाए । ं

Comments