भीम आदर्शमा अक्षराम्भ
माघ १३, २०७९, शुक्रबार | साँझ ०४:०७ बजे | 25
भक्तपर, माघ १२ । भीम आदर्श आधारभत विद्यालयमा श्रीपञ्चमीको पावन अवसरमा सरस्वती पूजा तथा अक्षराम्भ सम्पन्न भएको छ । सोही अवसरमा विद्यालयका प्रधानाध्यापक दीपक माकले विद्यालयमा अध्ययनरत विद्यार्थीहरु विभिन्न धार्मिक समुदायका भए तापनि हिन्दु धर्मको परम्परालाई आत्मसाथ गर्नु धार्मिक सहिष्णुता भएको बताउँदै विद्यार्थीहरुलाई अध्ययनमा ध्यान तथा रुचि देखाउनु नै सरस्वतीको सच्चा पूजापाठ हो भन्नुभयो । उक्त कार्यक्रममा विद्यालयका शिक्षक तथा विद्यार्थीहरुले सरस्वती बन्दना सहित पूजापाठ गरेर ससाना विद्यार्थीहरुलाई अक्षाराम्भ समेत गरेको थियो । अक्षाराम्भ पश्चात् माथिल्लो कक्षाका विद्यार्थीहरुलाई भक्तपुरको हनुमान स्थित सरस्वती मन्दिरमा दर्शन गराएको थियो ।