पुस्तक मेला दोस्रो दिन पनि चालु
माघ ६, २०७९, शुक्रबार | दिउँसो १२:०३ बजे | 35
भक्तपुर, माघ ६ । भक्तपुर बुक क्लबको आयोजनामा भैरहेको तीन दिने स्टुडेन्टस् बुक फेयरको उद्घाटन पञ्चकन्याबाट बिहीबार भएको हो । कार्यक्रमको दोस्रो दिन साहित्यकार हरिहर तिमल्सिना, अभय श्रेष्ठले कविता वाचन गरेको शुक्रबारको पहिलो सत्रको कविता गोष्ठीमा बागिश्वरी मावि, आदर्श मावि, ब्रम्हायणी अावि तथा भीम आदर्श आवि लगायत पुल्चोक क्याम्पसका विद्यार्थी गरी जम्मा २६ जनाको कविता वाचनमा डेट पोयट सोसाइटीले सहयोग गरेको थियो । दोश्रो दिनको दोश्रो सत्रमा कथावाचक विना प्रजापति र कृष्ण दिप सिग्देलको उपदेशमूलक कथाले विद्यार्थीको उल्लेख्य सहभागिता रहेको छ । बुक फेयरमा वातावरण, स्वास्थ्य, इतिहास तथा कथा कविता निबन्ध उपन्यास लगायत बालसाहित्य सँग सम्बन्धित पुस्तक एवं विभिन्न उमेर समूहगत पुस्तकहरू न्यूनतम मूल्य रू.२५ देखि रू. ४००० सम्मका रहेका छन् । सो कार्यक्रममा विद्यार्थीले १५% देखि ३०% भन्दा बढी छुटमा पुस्तकहरू एवं रू.५० देखि १००० सम्मका कपडाका व्याग, नोटबुक तथा थैलीहरू तथा हेल्थ एण्ड एडुकेशन ग्रुपकाे कागजी हस्तकलाका सामानहरु विशेष छुटमा बिक्रीवितरण भैरहेको छ । निःशुल्क प्रवेशको व्यवस्था भएको सो कार्यक्रममा अनुसन्धान मूलक पुस्तक पनि रहेको छ ।