डा इन्दुल केसी 
विषय प्रवेश
केशव–सुषमा भजन ज्ञानगुठी नेपालबाट २०७१ सालमा प्रकाशित किताब भजनगङ्गामा मैले स्नान गर्न खोजें । यस गुठीका प्रमुख सङ्रक्षक भजनकवि केशवराज राजभण्डारीले रचना गर्नुभएका २४ वटा सगुण र निर्गुण भजनहरू यसमा समावेश भएका रहेछन् । आनो मन्तव्यका क्रममा शताब्दीपुरुष डा. सत्यमोहन जोशीले श्रीमद्भागवतको एक भक्तिसम्बन्धी श्लोक उद्धृत गर्नुभएको छ– श्रवणं कीर्तनं विष्णोः स्मरणं पादसेवनम् । अर्चनं वन्दनं दास्यं सख्यमात्मनिवेदनम् ।
अर्थात् १. ईश्वरको गुणगानको भजन श्रवण गर्ने, २. ईश्वरको नामको कीर्तन गर्ने, ३. ईश्वरको नाम हृदयमा सधैं राखिछोड्ने, ४. ईश्वरको पाउको सेवा गर्ने, ५. ईश्वरको सक्दो भक्तिभावले पूजाआजा गर्ने, ६. ईश्वरलाई भित्री हृदयदेखि नै वन्दना, नमस्कार गर्ने, ७. ईश्वरको परमभक्त सेवक भइरहने, ८. ईश्वरलाई नै आनो हित्तचित्त मिलेको परममित्र सम्झिराख्ने, ९. पाप लाग्ने कुनै कार्य नगरी शुद्ध मनले ईश्वरलाई परमपिता सम्झेर आनो मनको कुरा बताउने ।
श्रीमद्भागवत महापुराणको सप्तम स्कन्ध अध्याय ५ को श्लोक २३ मा उल्लिखित उक्त श्लोक भक्त प्रह्लादबाट आना पिता हिरण्यकशिपुलाई भक्तिका प्रकारबारे जानकारी गराइएको हो । यसैले यी कुराहरू भक्तजनका लागि अमूल्य छन् र हीरामोतीहरू हुन् । भजनगङ्गामा डुबुल्की मार्ने भक्तजनले प्राप्त गर्ने यी अनमोल रत्न हुन् ।
भक्त र भजन
ईश्वरप्रति आस्था राख्ने हामी सम्पूर्ण भक्तहरू मूर्ति, तस्बिर, शिला र लीलाअनुसार आआना आराध्य देवदेवीहरूको नामगुणहरूको बखान गरी भक्तिगीत, भजनकीर्तन गर्छौं । भजन गर्ने एक्लो व्यक्ति होस् या सामूहिक रूपमा होस्, सस्वर अर्थात् मुखारविन्दबाट देवताको भजन गर्ने गर्दछन् । विनाआवाज मनैमनले भजन गरिए तापनि हृदयको धडकनभित्रभित्रै सङ्गीत बजिरहेको हुन्छ । आस्तिकहरू ईश्वरको भजन गर्छन् । नास्तिकहरू पनि कुनै न कुनै व्यक्तिको चाकडी गरी आना मालिकलाई खुसी पार्न प्रशंसायुक्त शब्दहरू प्रयोग गरी सङ्गीतको सहारा लिई भजन नै गर्दछन् । (इन्दुल केसी व्यक्ति एक दृष्टि अनेक पुस्तकको १०५ पृष्ठमा रहेको ‘सङ्गीतमय आध्यात्मिक भक्ति संसार’ शीर्षकको लेखबाट साभार गरिएको)
यसै किताबका लेखक केशवराज राजभण्डारीकै शब्दमा १.“जीव र निर्जीवले भरिएको ईश्वरबाट रचित यो संसार सदैव सङ्गीतमय रहिआएको छ । ... भगवान् शिवको डमरुबाटै विश्वमा सङ्गीतको सिर्जना भएको हो । हाम्रा गुम्बा र मन्दिरहरूमा भगवान्को प्रार्थना अर्थात् भजन गर्नुको मनसाय विश्वशान्ति कायम रहिरहोस् भन्ने उद्देश्यप्राप्तिका लागि नै हो ।” २. “भजनविनाको जीवन निरर्थक हुन्छ, भजन आनन्द र मोक्षप्राप्तिको सिँंढी हो ।”
भजनरचनाकार केशवराज राजभण्डारीले २०६३ सालदेखि २०७० सालसम्मको समयमा रख्नुभएका किताबमा समाविष्ट ज्यादै राम्रा–राम्रा भजनहरूमा सङ्गीतकारहरू कमल परियार, रामचन्द्र अन्जान, धनबहादुर गोपाली, फत्तेमान राजभण्डारी, गङ्गाधर बज्राचार्य, मधु क्षेत्रीसमेतले कर्णप्रिय मधुर सङ्गीत दिएका छन् । भजनका शीर्षकहरू हुन् – प्रभुको नासो, जीवन, मन्दिर–मस्जिद धर्म रहेछ, गणेश भजन, भजन, चौरासी लाख योनि, निर्गुण भजन, बुद्ध भजन, सपना, बालक, असल जीवन, गौतम र लुम्बिनी, भगवती भजन, अब जाने पालो मेरो, राम भजन, बुद्ध धर्म, श्रीस्वस्थानी भजन, स्वर्ग, भक्ति दर्शन, सरस्वती बन्दना, पशुपतिनाथ ।
उल्लिखित भजनरचनाहरूको मूल विषय या मूल तत्व ईश्वरको महिमा, गुणगानको वर्णन नै रहेको छ । रचनामा प्रयोग भएका शब्दहरूको चयन तथा वाक्यका पङ्क्तिहरू गेयात्मक रहेकाले रचनाकार केशवराज राजभण्डारी भजनरचनामा निपूण हुनुहुन्छ देखिन्छ । उहाँका ३ वटा पुस्तकहरू त्रिवेणी (२०५९), जीवन सङ्गीत (भक्तिगीतसङ्ग्रह, २०६३), सगुण पनि निर्गुण पनि (भजनसङ्ग्रह, २०६८) हरू पहिले नैं प्रकाशित भइसकेको जानकारी यसै पुस्तकमा दिइएको छ । साथै उक्त गुठीबाट ३ वटा भजन एल्बमहरू, ६ वटा भजन सीडीहरू, प्रकाशित कृति भाग १ र २ को प्रत्यक्ष प्रशारण (२०६०) भएको जानकारी पनि पाइयो ।
केशव सुषमा भजन ज्ञानगुठीको चित्रमय आत्मकथाका रूपमा २९९ वटा रङ्गीन चित्रावली नामले ज्यादै राम्रा चित्रहरु समावेश भएको रहेछ । यी चित्रहरूमा उक्त गुठीले पहिले सञ्चालन गरेको विभिन्न कार्यक्रमहरूमा उपस्थित रहनुभएको विशिष्ट व्यक्तिहरूबाट गायन प्रस्तुत भएको देखिन्छ ।
विशेष चित्र
यस पुस्तकमा पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले आनै हस्ताक्षरबाट केशवराज राजभण्डारीलाई धन्यवाद दिनुभएको ऐतिहासिक फोटोसहितको पत्र र विभिन्न सङ्घसंस्थाले त्यस गुठीलाई प्रदान गरेका १३ वटा सम्मानपत्रको फोटो पनि यस किताबमा समावेश भएका छन् । किताबको परिशिष्टमा उक्त गुठीबाट विभिन्न समयका कार्यक्रमहरूमा सम्मान गरिएका भक्तजन, भजनस्रष्टा तथा भजन संस्थाहरूको विवरणसमेत समावेश भएका छन् । 
यसरी सङ्गीतभक्तको भक्तिमार्गमा सहायक, भगवान्हरूले पनि सङ्गीत गाएका, वाद्यवादन प्रयोग गरेका, सङ्गीतको वनस्पति जगत्मा समेत प्रभाव पर्ने गरेको, साथै सङ्गीत भनेको मानिसलाई हुने तनाव आदि रोगको उपचारका लागि पनि प्रयोग हुने सरल एवम् सुलभ साधन हो र सङ्गीत सम्पूर्ण संसारभरि नै विश्वभाषाका रूपमा मानिएको पाइन्छ । तसर्थ भजन र सङ्गीतमय जीवन नामक केशवराज राजभण्डारीको किताब ज्यादै उपयोगी हुँदा सबै भक्तजनले पढ्न उपयुक्त हुने विश्वास गरेको छु । समाप्त ।

...

All Comments.......


Please Login/Register To Comments