ख्वपमा पुस्तक समिक्षा कार्यक्रम सम्पन्न
पुष २२, २०७९, शुक्रबार | विहान ०८:५७ बजे | 60
भक्तपुर । ख्वप माध्यमिक विद्यालय देकोचा भक्तपुरको आयोजनामा शुक्रबार पुस्तक समिक्षा कार्यक्रम सम्पन्न भएको छ । विद्यार्थीमा पठन संस्कृतिको विकास गर्ने उद्देश्यका साथ विद्यालयको मानविकी विभागको आयोजनामा कार्यक्रम भएको हो ।
कार्यक्रममा मानविकी संकायको कक्षा १२ मा अध्ययनर छात्रछात्राहरुले छुटाछुटै रुपमा आआफूहरुले पढेका पुस्तकको समिक्षा प्रस्तुत गरे । पावर प्वाइन्टमार्फत उनीहरुले आफूले पढेका नेपाली, अंग्रेजी, नेपाल भाषाका पुस्तकहरुको समिक्षा गरेका थिए ।
प्रतियोगितात्मक रुपमा भएको समिक्षामा जेविता कुँंवर प्रथम भइन् । साथै गंगा शाक्य दिद्धिय र सरु लामा तथा उषा देउजा संयुक्त रुपमा तृतीए भए । विजयीहरुलाई विद्यालयका व्यवस्थापन तथा मानविकी संकायका कोइन्चार्ज राजन ग्वाछाले पुरस्कार वितरण गरेका थिए । कार्यक्रममा विद्यालयको मानविकी संकायका एचओडी राजु लासिवा, पत्रकारिताका शिक्षक कृष्ण किसीलगायतले कार्यक्रमबाट विद्यार्थीको पठन संस्कृति विकास हुने विश्वास लिए । कार्यक्रममा विद्यार्थीले गीत गाएर मनोरञ्जन पनि दिलाएका थिए ।
विद्यार्थीहरु श्रया नायभा, महिमा राई, रोहित श्रेष्ठ, अनुषा शर्मा, क्रिजेश राजचलले पनि आआफले अध्ययन गरेको पुस्तकको समिक्षा प्रस्तुत गरेका थिए ।