एभरेष्ट स्कुलमा इसीए अवार्ड वितरण तथा साँंस्कृतिक कार्यक्रम सम्पन्न
पुष १८, २०७९, सोमबार | विहान १०:५८ बजे | 5
भक्तपुर । भक्तपुरको एभरेष्ट स्कुलमा सोमबार इसीए अवार्ड वितरण तथा साँंस्कृतिक कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रम दिनभर चलेको थियो ।
सधैजसो पढाईमा व्यस्त हुने स्कुलका विद्यार्थी दिनभर साँस्कृतिक कार्यक्रममा व्यस्त रहे । स्कुलले गरेको साँंस्कृतिक कार्यक्रममा गीत, नृत्यलगायतका अतिरिक्त क्रियाकलापको प्रदर्शनमा विद्यार्थी रमाएका हुन् । स्कुलले १२ औं वार्षिक साँंस्कृतिक कार्यक्रम तथा इसीए अवार्ड डिष्टिव्युशन कार्यक्रम गरेको थियो ।
कार्यक्रममा विद्यार्थीले बाँंसुरी बाजा, धिमे बाजा, योग, जिम्याष्टिक, उसु पनि देखाएका थिए । साथ नाचहरुमा झ्याउने नाच, झिझिया नाचलगायतका नाचहरु देखाएका थिए ।
आआफना छोराछोरीहरुको अतिरिक्त क्रियाकलाप हेर्न सयौ अभिभावक स्कुलमा उपस्थित भएका थिए । विद्यार्थीले देखाएको अतिरिक्त क्रियाकलापले अभिभावक मख्ख परेका थिए ।
स्कुल व्यवस्थापन समितिका अध्यक्ष रामगोपाल कर्माचार्यले कोभिडलगायतका कारण तीन वर्षदेखि वन्द रहेको अतिरिक्त क्रियाकलापले पुनः विद्यार्थीलाई ताजगी बनाएको बताए ।
स्कुलका संस्थापक प्रिन्सिपल भक्त राजभण्डारीले ससाना नानीहरुको ससानो प्रगतिमा पनि अभिभावक सम्मिलित भएर खुशी मनाइदिंदा बालबालिका असाध्यै हुने अनुभब सुनाए । यही कारण विद्यार्थीले खुशीमा अभिभावक सामेल भई खुशी मनाउनुपर्ने महत्वबारेमा उनले चर्चा गरे ।
स्कुलमा विहान १० बजेदेखि साँंझसम्म गरी दिनभर कार्यक्रम गरिएको थियो । कार्यक्रममा अभिभावकसहित विद्यार्थी, शिक्षकशिक्षिका, कर्मचारी रमाएका थिए ।
फाेटाेमा हेर्नुहाेस्...