ख्वप कलेजका पत्रकारिताका विद्यार्थी अन्नपूर्णमा


पुष १७, २०७९, आइतबार | दिउँसो १२:२४ बजे | 20


ख्वप कलेजका पत्रकारिताका विद्यार्थी अन्नपूर्णमा

भक्तपुर । ख्वप कलेज देकोचा भक्तपुरका पत्रकारिताका विद्यार्थीले आइतबार अन्नपूर्ण पोस्ट राष्टिय दैनिकका अवलोकन भ्रमण गरेका छन् । स्नातक तह पहिलो वर्षका विद्यार्थीले काठमाडौंको तीनकुनेस्थित कर्पाेरेट टावर अन्नपूर्णको कार्यालयमा पुगेर अवलोकन भ्रमण गरेका हुन् । 
विद्यार्थीले अन्नपूर्णमा पुगेर अन्नपूर्ण पोस्ट नेपाली राष्टिय दैनिक, द अन्नपूर्ण एक्सप्रेस अंग्रेजी दैनिक, अन्नपूर्ण डटकम अनलाइनको प्रत्यक्ष अवलोकन गरी जानकारी लिएका थिए । विद्यार्थीले मिडिया हाउसभित्र रहेका समाचार संकलन शाखा, समाचार सम्पादन शाखा, फोटोग्राफी शाखा, डिजाइन शाखाको अवलोकन गरेका थिए । साथै उनीहरुले बजार शाखा, वितरण शाखा, प्रशाशन शाखाको अवलोकन गरेका थिए । 
विद्यार्थीको बिभिन्न जिज्ञासाहरुलाई त्यहाँं रहेका पत्रकारहरुले उतर दिएका थिए । विद्यार्थीलाई द अन्नपूर्ण एक्सप्रेस अंग्रेजी दैनिकका सम्पादक कमलदेव भटराई नेपाली पत्रकारिताकोबारेमा जानकारी गराएका थिए ।
विद्यार्थीलाई अन्नपूर्णका संघीय व्युरो प्रमुख रामकला खड्काले विशेष सहयोग गरेकी थिइन् । उनले त्यहाँंको भ्रमण गराएका थिए । साथै भ्रमणपछि छलफल कक्षमा राखी विद्यार्थीका अनेक जिज्ञासाको समाधान गरिदिएकी थिइन् ।  

फाेटाेमा हेर्नुहाेस्...

ख्वप कलेजका पत्रकारिताका विद्यार्थी अन्नपूर्णमा

Comments