नयाँ बर्ष र हामी
पुष १७, २०७९, आइतबार | विहान ०६:०१ बजे | 20
सुनिल सापकोटा हामी हिन्दु धर्मावलम्बीहरुको यो नयाँ वर्ष होइन। हामी हिन्दु नेपालीले यसलाई नमनाए पनी केही फरक न पर्ला। यो अङ्ग्रेजी नयाँ वर्ष दस - पन्द्र बर्ष यता देखि हाम्रो देशमा हाम्रा नयाँ पुस्ताले बडो धुमधाम सङ मनाइ रहेका छन। बरु हाम्रो नयाँ बर्षमा रमाइलो गरि मनाउने चलन घटदै गएको देख्छु । भारतमा पनि अंग्रेज़ शासन आए देखि मात्र जनवरीको पहिलो तारिखमा नयाँ वर्ष मनाउने गरिएको हो। त्यो भन्दा पहिले भारतमा जनवरीमा मनाउने चलन थिएन। नयाँ वर्ष सन् २०२३ जनवरी आज राति १२बजे पछी शुरु हुँदैछ । तर यस्को खुसीयामीमा दुई - तीन दिन अगाडी देखि नै नेपालका बजारहरुमा धनी र कुलीनवर्गको किनमेल गर्ने भिडवाड छ । रेस्टुरेन्ट र होटेलमा चहल पहल र होहल्ला देखिन लागेको छ । हरेक नयाँ बर्षमा मानिसहरुको उत्साह र खुशी देखेर म यो सोच्ने गर्थे कि यो नयाँ बर्षमा केहि खास होला। जनताको जीवन स्तरमा केही परिवर्तन खुशियाली आउला । देशमा केही गरिबी घटला । गत बर्षको तुलनामा केही राम्रो होला । तर अफसोच ! मेरो सबै सपनाहरु बालुवामा पानी हाले जस्तै भइरहेछ। हामी काहाँ राजनैनिक परिवर्तन भए पनी केहीपनि उपलब्धि भएन भन्न त नसकिएला । तर जनताले सोचेजस्तो आर्थिक उन्नती र प्रगती चाहिँ भएन। हरेक नयाँ बर्ष जस्तै भोलि पनि लाखौं खसी र कुखुराहरु काटिएला। क्लब , होटल ,रेस्टुरेन्ट र वारहरुमा मनोरञ्जनको नाउँमा रक्सिको खोला बगाएर स्त्रीहरुको अर्ध नग्न नाँच र वेश्यावृत्ति पनि होला। फेरि नेपालको दश पन्ध्र स्थाहरुमा मारपिट होला। होहल्ला होला। अनि रक्सीको नशामा महिलाहरु माथी शोषण , अत्याचार र घरेलु हिंसा पनि विगत झै होला । हाम्रो देशको बजेटको आकार प्रत्येक बर्ष ठुलो हुँदै गएपनी समग्र देशको र जनताको आर्थिक अवस्था र युवाहरुको आकार हरेक बर्ष अघिल्लो बर्ष तुलनामा म त झन खत्तम हुँदै गइ रहेको देख्छु। देशको हरेक क्षेत्रहरु अहिले ध्वस्त छ । रेमिटान्सको पैसाले केहिलाइ केही स्थानमा राम्रै पनि भएको होला । तर अहिले देशको समग्र स्थिति भने राम्रो चाहिँ छैन। अहिले चारैतिर झुठको खेती छ। यहाँ बनेका हरेक सरकारहरुमा सुस्तता छ। । अहिलेसम्म हाम्रो त्यही सुस्त र सामन्ती समाज छ । त्यही पुरानो मुख्य राजनैतिक पार्टीहरु सत्तामा छन। अनि सो पार्टीका त्यही अनैतिक र भ्रष्ट नेताहरुको नेतृत्व र जगजगी छ ।जुन सरकार आए पनि त्यही अघिल्लो सरकारको जस्तै गति र चाला होला । जनताहरु बिच पनि त्यही जातपात , त्यही साम्प्रदायिक भावना , त्यही वाल मजदुरी । महिलाहरुलाई बिदेशमा लगेर त्यही बेच बिखन। गरिव माथी त्यही थिचोमिचो र शोषण ।कर्मचारीवर्गको त्यही घुषखोरी । पढेलेखेका लाखौं बेरोजगार युवाहरु रोजगारीका निम्ति त्यही बिदेश पलायन। भारत बाट हजारौं भारतियहरुको त्यही घुसपैठ। ब्यापारीहरुको त्यही ठगी , तस्करी , जमाखोरि । बजारमा त्यही महंगी । त्यही बिचौलियाहरुको जगजगी । देशमा त्यही हत्या, हिंसा , बलात्कार को पुनरावृत्ति र बढोत्तरी । त्यसैले आगामी दिनमा अब हामीले गम्भीर भएर नयाँ ढंगले केही सोच्नु पर्ने बेला आएकोछ । हामी सबैको सोचमा परिवर्तन हुनु पर्यो। ब्यक्तिगत स्वार्थ लाई त्याग्नु पर्यो । रास्ट्रिय स्वार्थ लाई अगाडी सार्नु पर्यो।आफ्नो हृदयमा प्रेम र सदभावको संचार हुनुपर्यो । नभए बिदेशी चलखेलले हाम्रो रास्ट्रियता,धर्म ,संस्कृति, सभ्यता र आर्थिक अवस्था बर्वाद पार्नेवाला देख्छु र हाम्रो रास्ट्र धरापमा पर्नेवाला छ। अहिलेको आम निर्वाचनको परिणामले अध्यारोमा जुनकीरीको किरणले केही आशा जगाएको जस्तो चाहिँ छ । राजनितिमा केही युवाहरुको हस्तक्षेपले केही परिवर्तन आउँला कि भन्ने आशा छ । तर हाम्रो संस्कार र ब्यक्तिबादी प्रवृत्तिले त्यस्मा तुसारापात त गर्दैन ? धेरै के लेखुँ । आगामी दिनहरूमा सबैको जय होस् भन्ने चाहान्छु । अंग्रेज़ीको नयाँ बर्षमा सबैमा मेरो शुभकामना । धन्यवाद ! इति।