पाठक पत्र
सार्वजनिक जग्गा बचाउने टोलबासीहरुको पनि दायित्व
क्वाठण्डौं अजाजुद्यो(दिपंकर विहार) निर कोरोना संक्रमित भयो र सिल गर्न आयो र विरामीलाई आइशोलेसन लान लागेको भनेर हेर्न गएँ । त्यहिं पुग्दा निरिक्षक र ज्ञानलाल मानन्धर कराई राखेको सुन्ने । मानिसहरु पनि झुम्मि राखेको देखें । कोरोना बढी राखेको बेला मानिसहरु पनि के झुमि राखेको होला भन्ने जस्तो लाग्यो । त्यहिं भएर अगाडि हेर्न जान्दा काम गरिराखेको समेत देखें । यस्तो बेलामा किन काम गराई राखेको होला भनेर समेत लाग्यो । कसैले पनि आफ्नो जीवन सुरक्षाको विषयमा ध्यान नदिएको अनुभव पनि भयो । हो मानिसहरु आफु बाँचि राखेको पो आफुले कमाएको धन र निर्माण गरेको भवन सदुपायो गर्न पाईन्छ । तर जीवन नै नरहे के काम पैसा र भवनहरु त्यसैले यस्तो विषम परिस्थितिमा निर्माणको काम नगरपालिकाले रोक्न आएको ठिकै जस्तो लाग्यो । अझ भन्नुपर्दा प्रहरी प्रशासनले समेत रोक्नु पर्ने हो किनकी नगरपालिका भनेको नगरबासीहरुको आफ्नै संस्था हो । स्थानीयहरुको काम रोक्न चिनजान हुने भएकोले गा¥हो हुने हुन्छ साथै स्थानीय बासीहरु पनि कराउनु पर्ने हो । कोरोना भएको कामदार भए स्थानीय बासीहरुलाई नै पहिला सर्ने हो । नगरपालिकाका कर्मचारीहरुलाई सर्ने होइन् । नगरपालिकाको उसको दायित्वको आधारमा रोक्ने र समुदायको हितमा काम गर्ने गर्छ । त्यसैले स्थानीयहरु नै सचेत भई काम रोक्ने र पर्ती जग्गा संरक्षणमा लाग्नु पर्ने हो । पर्ती जग्गा उपभोग स्थानीय टोलबासीहरुले नै गर्ने भएकोले स्थानीयबासीहरु नै जागरुक हुनु पर्ने देखिन्छ । सो बारे स्थानीय तह नगरपालिका लगायत सरोकारवालाहरुले ध्यान दिनु पर्ने भएकोले पाठक पत्र लेख्दै छु ।
भनपा वडा नं १० क्वाठण्डौंबाट तिनाछें जाने बाटोमा मानन्धरहरु १०÷१२ जनाको मुर्दा गुठीमा दर्ता भएको जित बहादुर मानन्धर र गणेशलाल मानन्धरको नाउँमा किता नं. २७७ र क्षेत्रफल ०–०–१–० भएको गुसिपको र सोको दक्षिणपट्टि रहेको दबु रहेकोमा गुठीयारहरु मिलेर उक्त गुसिपको बनाउन दक्षिण पट्टि रहेको दबु जुन खाली कित्ता रहेको सार्वजनिक जग्गा समेत कभर गरी जग खण्डै ल्याएको र गुसिपको भवन निर्माण गर्न लागेको छ जुन नगरपालिकामा नक्सापास समेत छैन र नगरपालिकाले स्विकृति समेत दिएको छैन् । उक्त स्थानमा निरिक्षक आएर रोक्दा समेत ज्ञानलाल मानन्धर गुठीयारले यो काम नरोक्ने जवरजस्ति निर्माण गर्न धम्कि दिई रहेको सुने । अच्चम लाग्यो । धनसम्पत्ति प्रशस्त भएकाहरुले पनि पर्ती जग्गा मिचि निर्माण गर्न खोज्दा मेरो मनमा धन भएर मन नभएका व्यक्तिहरुमा दरियो ।
त्यसपछि उक्त गुठीका गुठीयारहरु को को छ ? भनेर बुझ्न उत्सुकता जाग्यो र क्वाठण्डौंका दाजुभाईहरुसंग सोधखोज गरें । तीन कार्यकाल वडाध्यक्ष पड्काई सकेका भुतपूर्व वडाध्यक्ष विष्णुबहादुर मानन्धर पनि रहेको थाहा पाएँ । क्वाठण्डौंका दाईहरु भन्दै थिए निज वडाध्यक्ष भएको बेला मठ निजिकरण गर्न लागि सिफारिस नदिने वडाध्यक्ष स्वय्मले आज पर्ती जग्गा मिचेर गुसिपको भवन निर्माण गर्न खोज्दा मान्छे कति स्वार्थी रहेछ भनेर मठाधीसहरुले समेत विरोध गरेको बुढापाकाहरुले सुनायो । साथै बुढापाकाहरुले के सम्म स्मरण गरे भने पहिला क्वाठण्डौं चोकको बीचमा पनि तेल पेल्ने सःमिल थियो पछि त्यो पनि कब्जा गर्न आउने हो कि ? भने डर पो भयो भन्नुभयो । जर्मन प्रोजेक्टले ईट्टा छपाई गरेपछि मात्र उक्त सःमिल हटाएको रहेछ । अहिले सानो दबु समेत मिच्नेहरुले भोलि ठूलो चोकमा आँखा नगाड्ला भनि भन्न सक्ने अवस्था नरहेको बताउनु भयो । बुढापाकाहरुले नेपाल मजदुर किसान पार्टीको हवाला दिँदै यो पार्टीले पहिला पहिला पाटी पौवा, सत्तल, पोखरी मिच्न लाग्दा वा आफ्नो गर्न खोज्दा स्थानीयको समेत सहयोगमा बचाई राखेको इतिहासहरु धेरै छन् । तर बिष्णु बहादुर मानन्धर जस्तो गुठीयार भएको मुर्दा गुठीले दबु मिच्न लाग्दा अच्चम लागेको बतायो ।
बुढापाका भन्दै थियो ः– पहिला पहिला मानन्धरहरुलाई साला गणेशका गोबिन्दहरि ङाचाले “समि ख्याता न्यो मोः फाकं पालेकता तरवार मोः” अर्थात मानन्धर समुदायलाई तर्साउन निहुँ नचाहिने, कर्कलो काट्न तरवार नचाहिने भनेर भन्थ्यो भनि सुनायो । पार्टीले नै मानन्धरहरुलाई संगठित र सचेत गरी अहिले पेय पदार्थ उत्पादन गर्ने काम गरेर भएपनि आर्थिक रुपले सक्षम मात्र होइन धनाध्यकै रुपमा विकास भयो । पैसा भएपछि नराम्रो पेशाको परिवर्तन गरेर धेरैले हार्डवेयर लगायत विभिन्न पेशामा लागे । साथै पार्टीको ‘एक घर एक स्नातक’ नाराले अथवा पार्टीले शिक्षामा जोड दिएकै कारण मानन्धर समुदायहरु शिक्षित बनेको जग जहेर नै छ भनेर ती बुढापाकाले सुनायो । तर अहिले धन र शिक्षाले सम्पन्न भएपछि बल र पैसाको धाकमा पर्ती जग्गा मिच्ने कार्यले के सम्झायो भने समाजवादी रुस पछि सामाजिक साम्राज्यवादमा पतन भई अफगानिस्तान माथि हमाला गरेको का.रोहितको रुसी समाजवाद सामाजिक साम्राज्यवादमा पतन किताब पढेको स्मरण गरायो । मानन्धर समुदायले अहिले गरिब र सोझासिधा जनतालाई धाक लगाउने, कानुनि भष्ट्राचार गरी जग्गाजमिन हात पार्ने आदि कार्य भएको बुढापाकाहरुले अनुभव गरेको बताउनु भयो । त्यसैले मानन्धर समुदायले पहिला गोविन्दहरि जस्ताले तर्साई राखेको अहिल त्यहि गोविन्दहरिको काम मानन्धरहरुले गर्दे त छैन भनि जिज्ञासा समेत उब्जेको छ । त्यसैले जात भित्र पनि वर्ग हुन्छ । केहि मानन्धर समुदायहरु अति नै धनि भए धेरै मानन्धरहरु अहिलेपनि गरिब नै छन् । पार्टीले उठाएको बर्ग संघर्षको पाठ अहिलेका नयाँ पुस्तालाई शिक्षा दिनु पर्ने महशुस गरेको छ । त्यसैले अरुप्रति अन्याय गर्नु र पर्ती जग्गा हडप्नु जो कोहिं पनि अन्याय र अत्याचार नै हो । शोषक सामन्त नै हो । त्यो चाहे मानन्धर होस् चाहे त्यो अरु जातको कोहि पनि होस् । त्यसैले यता तर्फ विष्णुबहादुर मानन्धर लगायतले सोच्ने हो कि । इज्जतमा बसिराखेकाहरुलाई बेइज्जत गराउन सत्रुको उक्साहतमा त काम भएको छैन भनि समेत बुढापाकाहरु सचेत हुनु पर्नेमा जोड दिए साथै अरुले विगार्न खोजे पनि इमानदार, जेहेन्दार, सत्यप्रति निष्ठावान, समर्थक, नेता, कार्यकर्ताहरु सचेत र सजग हुनु पर्नेमा निर्विवाद नभएको सम्झाउनु हुन्छु ।
टेजस् मानन्धर
भनपा वडा नं १०