भीम आदर्शमा वत्तृmत्वकला प्रतियोगिता


पुष ८, २०७९, शुक्रबार | दिउँसो ०२:०९ बजे | 75


भीम आदर्शमा वत्तृmत्वकला प्रतियोगिता

भक्तपुर, पष ८ । आधारभूत विद्यालय समितिको वार्षिक कार्यतालिका अनुसार भीम आदर्श आधारभूत विद्यालयको संयोजनमा आधारभूत विद्यालय समितिका अध्यक्ष तथा भीम आदर्श आविका प्रअ दीपक माकको सभापतित्वमा शुक्रबार वत्तृmत्वकला प्रतियोगिता सम्पन्न भएको छ । सो कार्यक्रमका सभापति दीपक माकले विद्यार्थीको क्षमता अभिवृद्धि तथा व्यक्तिको परिचय दिलाउन यस्ता बौद्धिक गतिविधि गर्नुपर्ने बताउँदै जनमासमा बोल्न प्रतियोगितामा सहभागी हुनु नै विद्यार्थीको सफलता हो भन्नुभयो । उहाँले प्रतियोगिताका विषयहरु अहिलेको समय सान्दर्भिक रहेको बताउँदै विद्यार्थीमा रहेको प्रतिभा परीक्षामूखी भन्दा देशकाल समय र समाजप्रति उत्तरदायी र उत्थानको लागि व्यवहार हुनुपर्ने बताउनुभयो । उहाँले धर्म, संस्कृति र व्यवहार नयाँ पुस्तामा हस्तान्तरण गर्ने जेष्ठ नागरिक जिउँदा इतिहास र देवता भएको बताउँदै विज्ञान प्रविधिले जेष्ठ नागरिकको सरदर आयु बढ्ने र जनसंख्या वृद्धिदर घट्दा जेष्ठ नागरिकको संख्या वृद्धिले विश्वमा चुनौति पनि थपिएको बताउनुभयो । उक्त प्रतियोगिताको निर्णायक मण्डलका संयोजक, आधारभूत विद्यालय समितिका सचिव तथा हंसबाहिनी आविका प्रअ सूर्यबहादुर फोजूले प्रतियोगितामा विद्यार्थीहरुले जेष्ठ नागरिकको लागि उठाएको आवाज राष्ट्रले सुन्ने बताउँदै जेष्ठ नागरिकको निर्देशन बमोजिम लाग्नुपर्ने बताउनुभयो । कक्षा १ देखि ५ सम्मको लागि "खेलकुदको महत्व" शीर्षकमा प्रथम, द्वितीय, तृतीय तथा सान्त्वना क्रमश तारा माविका रमिता चौहान, भीम आदर्श आविका सजना भुजेल, शारदा आविका गोमा तोलाङ्गे, चण्डेश्वरी आविका लनिभा फसिकवा तथा गणेश माविका कृष्णा निरौला स्थान हासिल गरेका थिए । कक्षा ६ देखि ८ सम्मको लागि "जेष्ठ नागरिक प्रति विद्यार्थीको दायित्व" शीर्षकमा प्रथम, द्वितीय, तृतीय तथा सान्त्वना क्रमश बालसेवक आविका सुजता पुरी, समाज सुधार माविका कृति प्रजा, तारा माविका बबिता बोहरा तथा ज्ञानविजय आविका यमुना गुरुङले स्थान प्राप्त गरेका थिए । भीम आदर्श आविका शिक्षिका पूजा दाहालले संचालन गरेको वत्तृmत्वकला प्रतियोगिताको निर्णायकमा सूर्य बहादुर फोजू, कृष्णभक्त श्रेष्ठ लगायत असलमाया बनमाला रहेका थिए ।

Comments