भक्तपुरमा "स्टुडेण्ट बुक फेयर" हुने


पुष ७, २०७९, बिहीबार | दिउँसो ०२:५० बजे | 20


भक्तपुरमा "स्टुडेण्ट बुक फेयर" हुने

ter

You 

Enter

Satya Ram

भक्तपुर, पुष ८ । भक्तपुर बुक क्लवको आयोजनामा यही माघ ५, ६ र ७ गतेसम्म तीन दिने "स्टुडेण्ट बुक फेयर" थुसाचा (जगाति र च्याम्हासिंहको बीच) महेश्वरी बैंक्वेटमा हुने भएको छ । पठन संस्कृतिलाई बढावा दिने उद्देश्य बमोजिम स्थापित यस क्लबले मासिक रुपमा अन्तिम शुक्रबार पुस्तकसँग सम्बन्धित लेखक तथा पुस्तकको बारेमा पाठकबीच अन्तरसंवाद गरिरहेको छ । यस क्लबले भक्तपुरमा विद्यार्थीको अध्ययन संस्कृतिलाई केन्द्रित गरेर तीन दिन भिन्नाभिन्नै कार्यक्रमबाट कक्षा नर्सरीदेखि कक्षा १२ सम्मका विद्यार्थी आकर्षित गर्न नि:शुल्क प्रवेशको व्यवस्था गर्ने योजना बनाएको छ । उक्त प्रदर्शनीको मुख्य आकर्षणहरूको रुपमा बाल पुस्तक प्रदर्शनी, शैक्षिक सामग्री प्रदर्शनी, बाल चलचित्र तथा वृत्तचित्र प्रदर्शनी, विद्यालय खेलकुद सामग्री तथा खेलौना विक्री, मृतिकाकला तथा हस्तलेखन कला, बाल नाट्य प्रदर्शनी, बालबालिकासँग सम्बन्धित मनोपरामर्श तथा अभिभावक शिक्षा, पुस्तक पठन संस्कृति बारे अन्तरसम्वाद तथा रचनात्मक प्रतियोगिता हुने आयोजकले जनाएको छ । सो कार्यक्रमका लागि स्टल बुकिङ र विज्ञापनको लागि सम्पर्क राख्न समेत आयोजकले अनुरोध गरिएको छ। पठन संस्कृतिलाई बढावा दिने उद्देश्य बमोजिम स्थापित यस क्लबले मासिक रुपमा अन्तिम शुक्रबार पुस्तकसँग सम्बन्धित लेखक तथा पुस्तकको बारेमा पाठकबीच अन्तरसंवाद गरिरहेको छ .

Comments