वागीश्वरीमा बीबीए पढ्ने विद्यार्थीहरुलाई अभिमुखीकरण


पुष ६, २०७९, बुधबार | विहान १०:३९ बजे | 30


वागीश्वरीमा बीबीए पढ्ने विद्यार्थीहरुलाई अभिमुखीकरण

भक्तपुर, ६ पुस । वागीश्वरी कलेज अफ म्यानेज्मेन्टमा बीबीए कार्यक्रममा भर्ना भएका विद्यँर्थीहरुको अभिमुखीकरण कार्यक्रम बुधबार सम्पन्न भएको छ । 
पूर्वाञ्चल विश्वविद्यालयको सम्बन्धनमा सञ्चालन हुने यस कलेजको उक्त कार्यक्रममा प्रमुख अतिथि कलेज व्यवस्थापन समितिका अध्यक्ष एवं भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले वागीश्वरी सस्तो र गुणस्तरीय शिक्षा प्रदान गर्ने उद्देश्यका साथ स्थापना भएको जानकारी दि“दै विद्यार्थीहरुलाई देशभक्त, अनुशासित बनाउनुका साथै अन्तर्राष्ट्रिय रूपमा प्रतिस्पर्धा गर्न सक्षम बनाउन अग्रसर रहेको बताउनुभयो ।
कुनै पनि विदेशी दातृ संस्थाको सशर्त अनुदानलाई अस्वीकार गर्दै आत्मनिर्भरताको सिद्धान्तमा जोड दिई अगाडि बढेको भक्तपुरले धनीले मात्र पाउने शिक्षा र स्वास्थ्य सुविधा काम गरी खाने जनताको पहु“चमा पु¥याउन लागि परेको उहा“ले बताउनुभयो । 
भारतीय शैक्षिक संस्थामा भर्ना खुल्ने समयमा नेपालका शैक्षिक संस्थाहरुमा बन्द, हड्ताल, तालाबन्दी जस्ता गैरराजनैतिक गतिविधि गर्ने ठूला दलका विद्यार्थी सङ्गठनहरुका कारण नेपाली विद्यार्थीहरुले नेपालको शैक्षिक व्यवस्थाप्रति वितृष्णा जगाएको प्रष्ट पार्दै उहा“ले विद्यार्थीहरुले पढाइका साथसाथै समाजलाई बुझी समाज रुपान्तरणको लागि योगदान गर्नु आवश्यक छ भन्नुभयो । 
त्रिभुवन विश्वविद्यालय एमबीए एमबीएम केन्द्रीय व्यवस्थापन विभागका सहायक निर्देशक डा. बलराम दुवालले बीबीए कार्यक्रमलाई बैंकमा जागिर खाने सङ्कायको रुपमा मात्र नलिई उद्यमीको क्षेत्रमा नवप्रवद्र्धनको लागि आफू तयार हुन अध्ययन गरेको बुझ्नुपर्छ भन्नुभयो । 
वागीश्वरी कलेजका संयोजक ज्ञानसागर प्रजापतिले वागीश्वरीको इतिहासबारे जानकारी दि“दै आत्मनिर्भरता नै प्रगतिको लक्षण हो भन्नुभयो । 
वागीश्वरी कलेज अफ म्यानेज्मेन्टका प्राचार्य कृष्णप्रसाद धन्छाको सभापतित्वमा सम्पन्न कार्यक्रममा वागीश्वरी कलेजका प्राचार्य धनकुमार श्रेष्ठ, शिक्षक बब्लुकुमार राउतलगायतले बोल्नुभएको थियो । 

Comments