वक्तृत्वकलामा मदरल्याण्ड प्रथम
पुष ४, २०७९, सोमबार | दिउँसो ०३:२८ बजे | 15
भक्तपुर, पौष ४; नेशनल प्याब्सन भक्तपुरद्वारा आयोजित जिल्लास्तरीय अन्तर विद्यालय वक्तृत्वकला प्रतियोगितामा मदरल्याण्ड स्कलकी छात्रा प्रशंसा कार्कीले प्रथम स्थान हाँसिल गरी बागमती प्रदेश स्तरीय प्रतियोगिताको लागि छनौट भएकी छिन् ! ईडेन गार्डेन स्कुलकी छात्रा सदिक्षा बुढा दोश्रो र ईडेन गार्डेन कै छात्रा सुप्रिया श्रेष्ठले तेश्रो स्थान प्राप्त गर्न सफल भएका थिए भने पारागन एकेडेमीका छात्र एन्जल खड्काले सान्त्वना पुरस्कार प्राप्त गरेका थिए ! ईडेन गार्डेन स्कुलमा सम्पन्न भएको उक्त वक्तृत्वकला प्रतियोगिताको प्रमुख अतिथि नेशनल प्याब्सन बागमती प्रदेशका उपाध्यक्ष पुण्यराम कवांले शिल्ड, जिल्ला अध्यक्ष संजय खड्काले मेडल र जिल्ला सचिव जय प्रकाश राईले टिका तथा खादा लगाइ विजयी विद्यार्थीहरुलाई बधाई एवं शुभकामना प्रदान गर्नु भएको जानकारी कार्यक्रम संयोजक नेशनल प्याब्सनका सदस्य सुमन शिल्पकारले बताउनु भयो