भक्तपुर नगरपालिका वडा नं ४ को ध्यान कहिले जाने ?


पुष ४, २०७९, सोमबार | विहान ०८:५३ बजे | 5


भक्तपुर नगरपालिका वडा नं ४ को ध्यान कहिले जाने ?

भक्तपुर नगरपालिका वडा नं ४ गपली कुवादेखि दोकाफल्चा जाने ढुङ्गा छपाई बाटो वडा निरिक्षकले निरिक्षण गरी मर्मतको लागि प्रतिवेदन पटक पटक दिदां समेत मर्मतको लागि पहल नगर्दा सबै विग्रिसकेको छ । उक्त स्थानमा दुईवटा स्कूल छन् । साथै अरनिको राजमार्ग बन्द भएपछि राति राति ट्रिपरको बाटो हुने गर्दछ । तर पाँच बर्ष अगाडि सो स्थानमा दुई इन्चको ढुङ्गा छपाई हाल सबै विग्रीसकेको छ । ढुङ्गाहरु उप्की सवारी दुर्घटना पटक पटक पनि भइसक्यो । स्थानीयले गपली टोल सुधार समितिमा पनि गुनासो गर्यो । तर बाटो बनाउने मर्मत गर्ने पहल कतैबाट नभएको बाटोमा हिड्ने बटुवाहरु, स्कुलमा विद्यार्थी पु¥याउने अभिभावकहरु लगायत स्थानीयहरु समेत नगरपालिकाले वेवास्ता गरेको देख्दा आजित भई सकेको छ । 
त्यहाँ दुई ईन्चको ढुङ्गा छपाईबाटोमा ट्रिपर, ग्यास ल्याउने गाडी, पानी ट्याङ्कर लगायत ठूलो गाडीहरु  गुड्न थालेपछि उक्त बाटो अहिले एकदमै विग्रिसकेको छ । सो बाटो बनाउँदा प्राविधिकहरुले उक्त बाटोमा गाडी गुड्ने भएपछि कम्तिमा पनि चार इन्चको ढुङ्गा छपाई गर्न सिफारिस गर्नुपर्ने हो तर कसरी दुई इन्चको ढुङ्गा छपाईको अनुमानित लागत निकाल्यो । जबो मान्छेमात्रै हिड्ने नासमना खौमा जाने गल्ली होस् वा घट्खाको बाटोको ढुङ्गा छपाई होस त्यहाँ समेत ढुङ्गा फुटेको, विग्रेको देख्न पाईन्छ । त्यसैले गाडी गुड्नेमा कम्तिमा चार इन्चको ढुङ्गा छपाई गर्नु पर्ने हो तर भएन र अहिले बाटो विग्रेर दुर्घटनाबाट बचाउनको निम्ति नगरपालिकाले सिघ्र मर्मत वा पुनःनिर्माण गुर्नपर्ने देखिन्छ । नत्र भोलि मानविय क्षेति भएपछिमात्र आँखा खोलेर पछुताउनुपर्ने हुन्छ । 
यसमा वडा नं ४ वडाध्यक्ष र वडा कार्यालयले ध्यान जान जरुरी छ । त्यतिमात्र होइन डोकाफल्चा निस्कने तिर ढलनिकास बन्द भएर चार पाँच दिन अगाडिदेखि स्लाबपाटा खोलिराखेको नगरपालिकालाई उक्त निकास खोल्न पटक पटक अनुरोध र निवेदन समेत दिंदा कर्मचारीहरुले वेवास्ता गरेको स्थानीयको गुनासो छ । भोलि त्यसमा मान्छे खसेर केहि भए को जिम्मेवार ? त्यसैले नगरपालिकाको बदनाम हुनबाट बचाउन समय मै ध्यान जाला कि ? 
विद्यार्थी ः– रक्षा तामाङ्ग

Comments