विमल स्कुलको सम्मान तथा अभिभावक दिवस सम्पन्न
भक्तपुर; विमल मेमोरियल विद्यापीठ स्कुलले सम्मान एवं अभिभावक दिवस-२०७९ सम्पन्न गरेको छ ! सूर्यविनायक नगरपालिका वडा नं १० मा अवस्थित विमल स्कुलले आफ्नै प्रांगणमा आयोजना गरेको कार्यक्रमको उदघाटन प्रमुख अतिथि नेशनल प्याव्सनका केन्द्रीय अध्यक्ष पाण्डव हमालले विरुवामा जल अर्पण गर्नु भएको थियो । नेशनल प्याब्सन भक्तपुरका सहसचिव समेत रहेका उक्त विद्यालय संचालक/प्रिन्सिपल कुमार थापा मगरको सभापत्तित्वमा सम्पन्न भएको सो कार्यक्रममा विद्यालबाट २०७६, २०७७ र २०७८ मा एसईई उत्तीर्ण गरेका विद्यार्थीहरुलाई उच्च शिक्षाको लागि शुभकामना स्वरुप सम्मान प्रदान गरी विदाई गरिएको थियो ! शैक्षिक वर्ष २०७८ मा कक्षा नर्सरी देखि कक्षा ९ सम्मका ४.० जिपिए प्राप्त गर्ने विद्यार्थीहरुलाई कार्यक्रमका अतिथिहरुद्वारा पुरस्कृत गरिएको थियो ! विद्यालयमा कार्यरत प्रिन्सिपल, शिक्षक एवं सम्पूर्ण कर्मचारीहरुलाई प्रमुख अतिथिद्वारा प्रशंसा स्वरुप मायाको चिनो प्रदान गरी सम्मान गरिएको थियो ! दुई चरण गरी सम्पन्न गरिएको औपचारिक कार्यक्रममा सुनपा वडा १० का अध्यक्ष शिवराम राउत र नेशनल प्याव्सन केन्द्रीय सदस्य एवं इप्सनका अध्यक्ष जिबि खड्काले शुभकामना मन्तव्य दिनुभएको थियो ! भक्तपुर नेशनल प्याव्सन जिल्ला अध्यक्ष एवं शिक्षाप्रेमी संजय खड्काले अभिभावकहरुलाई स्कुलप्रति कसरी समन्वय गर्ने, आफूले कस्तो भूमिका खेल्नु पर्ने तथा बालबालिकाको जग जुन स्कुलले हाल्छ सोहि स्कुलबाट छानो समेत हाल्न लगाउनु पर्दछ अर्थात स्कुल परिवर्तन गरिरहनु नहुने समेतको सन्दर्भ सहित अभिमुखीकरण गर्नु भएको थियो ! कार्यक्रममा नेशनल प्याव्सन केन्द्रीय कोषाध्यक्ष, प्रताप थापा, नेशनल प्याब्सन भक्तपुर जिल्ला उपाध्यक्ष शिवकृष्ण कवां, प्याब्सन एवं इप्सन सचिव विजय कर्मचार्य लगाएत अथितिहरुको उपस्थिति रहेको थियो ! साथै अभिभावकहरुको उल्लेख्य अभिभावकहरुको उपस्थिति रहेको दोश्रो चरणको कार्यक्रममा विद्यालयमा अध्ययनरत विद्यार्थीहरुले विविध साँस्कृतिक प्रतिभाका प्रस्तुति र क्षमता प्रदर्शन गरेका थिए ।