नेकका पढाई सकेका विद्यार्थीलाई विदाई


पुष २, २०७९, शनिबार | दिउँसो १२:५३ बजे | 45


नेकका पढाई सकेका विद्यार्थीलाई विदाई

काठमाडौं । लर्निङ (पढाई) लाई अर्निङ (आम्दानी) सँंग जोडने शिक्षा दिनुपर्नेमा एक कार्यक्रमका बक्ताहरुले जोड दिएका छन् । पढाईपछि त्यो अनुसारको कमाई हुने गरी शिक्षा दिनुपर्नेमा उनीहरुको जोड थियो । 
नेपाल इन्जिनियरिङ कलेज (नेक) दुवाकोट चाँंगुनारायण भक्तपुरले अध्ययन पूरा गरेका कम्प्युटर साइन्स एण्ड इन्जिनियरिङ, इलेक्टिकल एण्ड इलेक्टिेनिक्स इन्जिनियरिङ तथा इलेक्टोनिक्स एण्ड कम्युनिकेशन इन्जिनियरिंगको चार वर्षे अध्ययन पूरा गरेका विद्यार्थीको विदाईमा शनिबार गरेका कार्यक्रमका वक्ताहरुले यस्तो कुरामा ध्यान जानुपर्ने बताएका हुन् । कलेजको कम्प्युटर साइन्स एण्ड इन्जिनियरिङ, इलेक्टिकल एण्ड इलेक्टिेनिक्स इन्जिनियरिङ तथा इलेक्टोनिक्स एण्ड कम्युनिकेशन इन्जिनियरिंग विभागको संयुक्त आयोजनामा भएको कार्यक्रममा नेपाल इन्जिनियरिङ काउन्सिलका सदस्य डा अजयकुमार झाले विद्यार्थीको पढाईका साथसाथै उनीहरुको भविष्य पनि हेर्नुपर्नेमा जोड दिए । शीपयुक्त शिक्षा दिन सके इन्जिनियरहरु मात्रै नभई कोही पनि बेरोजगार भएर वस्न नपर्ने उनको भनाई थियो । 
कार्यक्रममा नेपाल इन्जिनियरिङ कलेज दुवाकोट चाँंगुनारायण भक्तपुरका भाइस प्रिन्सिपल दुर्गाप्रसाद भण्डारीले विद्यार्थीले फिल्डमा पुगेर धेरै सिक्न बाँंकी रहेको बताए । कामसँंगसँंगै सिक्ने पनि भएकोले यसलाई पढाई सुरु भएको रुपमा लिन उनले पास आउट विद्यार्थीलाई सुझाए । 
कलेजका एकेडेमिक कोअर्डिनेटर बाबुराम भटराई, एसोसिएट प्रोफेसरहरु सचिन श्रेष्ठ, प्रशाशन प्रमुख श्रीमा शर्मा, अजयकुमार लाल, अमित शाह, सुन्दर कुँंवर नयाँं प्रविधिसँंगै भिजेर विद्यार्थी अगाडि वढन सुझाए । कार्यक्रममा उत्कृष्ट विद्यार्थीलाई पुरस्कार तथा प्रमाणपत्र पनि वितरण गरिएको थियो । 

फाेटाेमा हेर्नुहाेस्...

नेकका पढाई सकेका विद्यार्थीलाई विदाई

Comments