वागीश्वरीमा काठमाडौंस्थित गान्धी आदर्श माविबाट अवलोकन


पुष २, २०७९, शनिबार | दिउँसो १२:२५ बजे | 15


वागीश्वरीमा काठमाडौंस्थित गान्धी आदर्श माविबाट अवलोकन

भक्तपुर, २ पुस । वागीश्वरी माध्यमिक विद्यालय र वागीश्वरी कलेजमा असल अभ्यासहरुबारे अनुभव आदान प्रदान गर्न गान्धी आदर्श माध्यमिक विद्यालय काठमाडौंको एक टोलीले शनिबार अवलोकन गरेको छ । 
टोलीको स्वागत कार्यक्रममा वागीश्वरी माविका प्राचार्य कृष्णप्रसाद धन्छाले विद्यालयले गर्दै आएको नमूना कार्यहरुबारे जानकारी दि“दै छिमेकी कमजोर विद्यालयहरुलाई स“गस“गै अगाडि बढाउन आवश्यक मद्दत गर्दै आएको जानकारी दिनुभयो । 
विद्यालयबाट निवृत्त हुने बेला शिक्षकहरुले के लिएर जाने भन्दा पनि के छोडेर जाने भन्ने सोचेर निवृत्त शिक्षकहरुले विद्यार्थीहरुका लागि छात्रवृत्ति प्रदान गर्न अक्षय कोष स्थापना गरेर जाने गरेको उदाहरण उहा“ले बताउनुभयो ।
विद्यालय तथा कलेजका संयोजक ज्ञानसागर प्रजापतिले वागीश्वरी माविबाट छिमेकी विद्यालयहरुलाई स“गस“गै अगाडि बढाउन मद्दत गर्दै आएको बताउ“दै विद्यालयका हरेक कर्मचारी तथा शिक्षकहरुको वर्षको एक दिन बराबरको तलब विद्यार्थीका लागि छात्रवृत्ति स्वरूप प्रदान गर्दै आएको जानकारी दिनुभयो । 
शिक्षा मन्त्रालयका उच्च पदस्थ व्यक्तिहरुबाट भारतीय दूतावास, दक्षिण कोरियाको जुत्ता कम्पनीमार्फत विभिन्न शर्तमा विद्यालयको प्रगतिका लागि भनी ल्याएको उपहारहरुलाई अस्वीकार गरेको क्षण सम्झ“दै उहा“ले बरु दुःख कष्ट भोग्न तयार छौं तर केही पाउने लोभमा स्वाभिमानलाई बन्धकी राख्न नसकिने प्रष्ट पार्नुभयो । 
वागीश्वरी कलेजका प्राचार्य धनकुमार श्रेष्ठले विद्यालय र कलेजमा कार्यरत शिक्षक कर्मचारीहरुले आफ्ना सन्तानलाई आफू कार्यरत शैक्षिक संस्थामै अध्ययन गराउ“दै आएको जानकारी दि“दै कलेजमा अध्यापनरत शिक्षकहरुको लागि वार्षिक दुई ओटा तालिमहरु सञ्चालन गर्दै आएको जानकारी दिनुभयो । 
गान्धी आदर्श मावि व्यवस्थापन समितिका सदस्य गयाप्रसाद उपाध्यायले वागीश्वरीको सामूहिकताबाट आफू प्रभावित भएको बताउ“दै यहा“बाट सिकेका कुराहरुलाई आफ्नो विद्यालयको प्रगतिका निम्ति प्रयोग गर्ने बताउनुभयो । 
कार्यक्रममा विद्यालयका प्रअ धन्छाले विद्यालय तथा कलेजको तर्फबाट मायाको चिनोस्वरूप विभिन्न प्रकाशनहरु प्रदान गर्नुभएको थियो । 
अध्ययन टोलीमा विद्यालयका निमित्त प्रअ छत्रबहादुर कटवाल, सहायक प्रअ कृष्णबहादुर कार्कीसहित ५० जनाभन्दा बढी सहभागी रहेको थियो । 
वागीश्वरी माविका प्रधानाध्यापक धन्छाको सभापतित्वमा सम्पन्न कार्यक्रममा वागीश्वरी कलेजका प्रवीण प्रजापतिले पनि बोल्नुभएको थियो । 

Comments