ख्वप मा.वि.मा पुस्तक प्रदर्शनी सम्पन्न
मंसिर २३, २०७९, शुक्रबार | विहान ११:५९ बजे | 35
उज्ज्वल, भक्तपुर, नेपाल क्रान्तिकारी विद्यार्थी संघ मा.वि भक्तपुर जिल्ला समितिको आयोजनामा शुक्रबार ख्वप माध्यमिक विद्यालय, देकोचामा पुस्तक प्रदर्शनी सम्पन्न भएको छ। नेपाल क्रान्तिकारी विद्यार्थी संघको स्थापना दिवसको अवसरमा आयोजित उक्त प्रदर्शनी मार्फत विध्यार्थीहरुलाई राजनितिक रुपले सचेत बनाउनुका साथै पठन सँस्कृतिको पनि विकास गर्ने उद्देश्य रहेको आयोजक समितिका अध्यक्ष सुजि ह्योंगोजूले बताइन्। ख्वप माध्यमिक विद्यालयका साथै यसै हप्ता भक्तपुरका विभिन्न माध्यमिक विद्यालयहरूमा पनि पुस्तक प्रदर्शनी सम्पन्न भएको जानकारी उनले दिइन् । प्रदर्शनीमा सहभागी विद्यार्थीहरुले पुस्तक प्रदर्शनी मार्फत आफुहरुलाई किताब पढ्न अझ उत्साहित बनाएको कुरा बताएका छन्।