अब मजदुरी गरिखानेले निषेधाज्ञा तोड्नुको बिकल्प छैन
भदौ ११, २०७७, बिहीबार | दिउँसो ०१:४४ बजे | 35
हरिराम बुयो
२०७६ चैत ११ गतेदेखि कोभिड १९ को नाउमा निषेध आज्ञा जारी गरेको ६ महिना बितिसक्दा पनि नेपाली गरिब तथा मजदुरी गरिखाने सानो ब्यबसाय गरेर खाने जनताहरुले के गर्दै खादै आएको छ भने चासो खासै कसैमा देिखएको छैन । यस्तै निषेध आज्ञा जारी गर्दै गएमा अब जनता चुप लागेर बस्न सक्ने अबस्था आउदैन । किनभने अब गरिखाने गरिब जनतासग खानलाई जोगाएको पैसा सकिएको छ । तथापि यसबारे कसैको ध्यान जान सकेको छैन । यस्तै हो भने अब जनता कोरोनाको कारणले भन्दा खान नपाइ भोकको कारणले मर्ने अबस्था आउछ । भोककै कारणबाट जनता निषेध आज्ञा तोददै जानेछन । जनता सडकमा आउने छ । त्यो बेला यो कसैले केही गर्न सक्ने अबस्था आउदैन । त्यो अबस्था नआओस भने हामी सवैको चाहना हो ।