नेमकिपाप्रति राष्ट्रिय पत्रिकाको बक्रदृष्टि कहिलेसम्म ?


मंसिर २१, २०७९, बुधबार | विहान ११:१९ बजे | 0


नेमकिपाप्रति राष्ट्रिय पत्रिकाको बक्रदृष्टि कहिलेसम्म ?

देश र जनताको सेवा बाहेक अर्को कुनै स्वार्थ नभएको नेपाल मजदुर किसान पार्टीले जनतालाई राजनीतिक रुपमा देशको सार्वभौमिकता तथा देश बचाउन ३ दशक भन्दा अघिदेखि नै लागि परेको राजनीतिक दल हो । देशघाटी सम्झौता विधेयक पास हुन लाग्दा नेमकिपा भक्तपुर देखि काठमाडौं सम्म विशाल र्याली जुलुस तथा जनता बीच सल्लाह गरेर देशको शक्तिशाली दुतावास घेर्दा पनि मूलधारका राष्ट्रिय पत्रिकाले एक अक्षर पनि लेखेका छैनन् । साथै देशकै मुटु मानिने राजधानीको रत्नपार्क, बानेश्वर, लैनचोर लगायतमा भारतीय अतिक्रमण, राष्ट्रघाटी एमसीसी सम्झौता तथा अंगिकृत नागरिकलाई वंशजको नागरिकता दिने विधेयकको विरुद्ध गरेको नेमकिपाको जनप्रर्दशन समेत नदेखे झैं ठूला राष्ट्रिय पत्रिकाले गरिरहेको छ । जुन आज पनि निरन्तरता रहेको छ । राष्ट्रिय पार्टी भनाउँदाहरुले जनतालाई धोकामा राख्दै देश नै नरहने गरी गरेको सन्धी सम्झौताको बारेमा बोलेका गलत टिप्पणीलाई समेत बंग्याएर सही देखाउने काम मूलधारका पत्रिकाले लेखिरहेको छ । जनता त्यसमा विश्वास गर्न बाध्य छन् । राष्ट्रिय पार्टी तथा त्यसका भातृ संगठनहरुको विभिन्न ठाउँको विवादिद सम्मेलन तथा अधिवेशनलाई प्राथमिकताका साथ तोडमोड गरेर मूलधारका पत्रिकाले स्थान दिइएको छ । पत्रकारिताको नीति र सिद्धान्त विपरित गत शनिवार प्रकाशित एक मूलधारको पत्रिका नयाँ पत्रिकाले आफ्नो मुखपृष्ठमा “जसलाई जनताले देश निर्माणको अभिभारा सुम्पिए“ नामक शीर्षकमा नवनिर्वाचित संघीय सांसदहरुको फोटो छापिँदा देशभरि मै एकमात्र निकटम प्रतिस्पर्धीको झण्डै ३ गुणाले मत ल्याउन सफल नेमकिपाका निर्वाचित संघीय सांसद प्रेम सुवालको नाम र फोटो छापेको थिएन । नेमकिपा वा त्यसका निर्वाचित सांसदले के गल्ती गरेको थियो र त्यस पत्रिकाको सो पृष्ठमा नेमकिपाका प्रेम सुवालको नाम र फोटो नै छाप्न अयोग्य हुनलाई ? भ्रष्टाचारी, कालाबजारी, हत्या अभियोग लागेका सांसदको नाम र फोटो छापे बापत सो पत्रिकाले कतै लाखौं शुल्क त लिएका छैनन् ? सो को अनुसन्धान हुन आवश्यक छ । संसदमा सांसद र जनताका बीच गोप्य रहेका दस्तावेज तथा सन्धी सम्झौतालाई जनता समक्ष ल्याई छलफल गर्ने, राष्ट्रको स्वाधीनता र सार्वभौमिकताको पक्षमा संसदमा आवाज उठाउने, देशमै रोजगारीको लागि कृषि उत्पादनमा जोड दिने, देश र जनताको हितमा नीति नियम र कानुन बनाउन संघर्षरत तथा संसदमा एक्ला प्रतिपक्ष तथा नक्षत्र तारा झैं उभिएका नेमकिपा वा त्यसका सांसद प्रति बक्रदृष्टि राखी विदेशी वा देशद्रोहीहरुको पृष्ठपोषण गरेको हो भने त्यसले देशभक्त जनताको भावना माथि खेलबाड गरेको मानिन्छ । देशको संसदमा एक्ला सशक्त प्रतिपक्षको नाम भूलवंश छुट्टाउनु भनेको संसदको अपमान त हो नै हो अझ त्यसमाथि भूल सुधार भनेर फेरि पनि त्यस्तै गल्ती गरे सो पत्रिकालाई राजनीति प्रति सजग देशभक्त जनताले पत्रिका बहिस्कार गर्न बाध्य हुन्छन् ।

Comments