बागमति प्रदेशमा नेमकिपाले पायो दुई सिट, कोको जाँंदैछन् अव ?


मंसिर २१, २०७९, बुधबार | विहान ०६:४० बजे | 55


बागमति प्रदेशमा नेमकिपाले पायो दुई सिट, कोको जाँंदैछन् अव ?

भक्तपुर । नेपाल मजदुर किसान पार्टीले बागमति प्रदेशको सिट संख्या वढाएको छ । यसअघि एक सिट मात्रै समानुपातिकमा पार्टी नेमकिपाले यो पटक दुई वटा सिट पाएको हो । समानुपातिकको मत संख्या वढाएसँंगै उसले दुई सिट पाएको हो । अव बागमति प्रदेशमा पार्टीबाट तीन जना बागमति प्रदेश सभा सदस्य हुने भएको छ । प्रत्यक्षबाट जितेका सुरेन्द्रराज गोसाई र समानुपातिकमा परेका दुई जना गरी तीन जना सदस्य हुने भएको हो । यसअघि पनि प्रत्यक्षबाट सुरेन्द्रराज गोसाई नै विजयी भएका थिए । साथै समानुपातिकबाट भने सृजना सैंजूलाई पठाइएको छ । यो पटक समानुपातिकमा पर्ने दुई जनाको नाम भने खुलेको छैन ।  
बागमती प्रदेश समानुपातिकतर्फ कुन पार्टीले कति सिट पाए ? 
एमाले– १४
कांग्रेस –१२
राप्रपा –६
माओवादी –७
नेकपा एस– २
नेमकिपा–२
हाम्रो नेपाली पार्टी –१

Comments