भक्तपुरमा माओवादी कमजोर बन्दै, नेमकिपा मजबुद्


मंसिर १७, २०७९, शनिबार | विहान ०८:१९ बजे | 35


भक्तपुरमा माओवादी कमजोर बन्दै, नेमकिपा मजबुद्

भक्तपुर । २०७४ सालको संसदीय निर्वाचनमा भक्तपुर क्षेत्र नं १ मा नेपाल मजदुर किसान पार्टी (नेमकिपा)का विजयी उम्मेदबार प्रेम सुवालले ३३ हजार मत पाएका थिए । तर यो पटक उनले यो मत वढाएर ४२ हजार सात सय ६१ मतले विजयी बने । उनी मात्रै होइन, सो पार्टीबाट भक्तपुर क्षेत्र नं २ का प्रतिनिधि सभाका उम्मेदरबार अनुराधा थापामगले पनि मत बढाए । साथसाथै जिल्लाका चार वटै प्रदेश सभा सदस्यका उम्मेदबारहरु भक्तपुर क्षेत्र नं १ क चाँंगुनारायणका उम्मेदबार मीनबहादुर बाटा, क्षेत्र नं १ ख भक्तपुरका विजयी सुरेन्द्रराज गोसाई, भक्तपुर क्षेत्र नं २ क सूर्यविनायकका सरोजराज गोसाई र भक्तपुर क्षेत्र नं २ ख का उम्मेदबार रमेश वैद्य सवैले पछिल्लो निर्वाचनमा भन्दा वढी मत प्राप्त गरे । 
यता नेपाल कम्युनिष्ट पार्टी (एकीकृत माओवादी) ले भने निरन्तर मत गुमाउँंदै आएको छ । कुनै बेला भक्तपुर क्षेत्र नं १ बाट १५ हजारसम्म मत पाएको माओवादीले यो पटक सतागठबन्धनबाट संयुक्त रुपमा उठ्दा पनि माओवादी उम्मेदबार सुुनिल गोठे पाँंच हजार दुई सय ८३ मतमा सिमित भए । 
पछिल्लो निर्वाचन परिणामले भक्तपुरमा राजनीतिक शक्ति पनि परिवर्तन हुँंदै आएको प्रमाणित भएको छ । देशैभरि जस्तो यहाँं राष्टिय स्वतन्त्र पार्टी पनि उदाएको छ । 
निर्वाचन परिणाम अनुसार प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा समानुपातिकतर्फ भक्तपुरमा नेमकिपा पहिलो दल बन्यो । प्रतिनिधि सभाका दुई वटा निर्वाचन क्षेत्र रहेको भक्तपुरमा नेमकिपाले १ नं. क्षेत्रबाट ३२ हजार नौ सय चार र २ नंम्वर क्षेत्र बाट ७ हजार आठ सय ६३ मत प्राप्त गर्दै कुल ४० हजार सात सय ६७ मतका साथ पहिलो दल बने । 
नेकपा एमालेले समानुपातिकतर्फ २६ हजार ७० मत प्राप्त गरी जिल्लामा दोस्रो ठूलो दल बनेको छ । एमालेले क्षेत्र नं. १ बाट ८ हजार एक सय ९४ र क्षेत्र नं. २ बाट १७ हजार आठ सय ७६ मत प्राप्त गरेको थियो । 
नेपाली कांग्रेसले २३ हजार सात सय ६९ र राष्टिय स्वतन्त्र पार्टीले २३ हजार ६ मत ल्याई क्रमशः तेस्रो र चौंथो दल बने । कांग्रेसले क्षेत्र नं. १ बाट ८ हजार आठ सय ७५ र क्षेत्र नं. २ बाट १४ हजार आठ सय ९४ मत प्राप्त गरे । राष्टिय स्वतन्त्र पार्टीले क्षेत्र नं. १ बाट ११ हजार एक सय १० र क्षेत्र नं. २ बाट ११ हजार आठ सय ९६ मत प्राप्त गरे । यस्तै राप्रपा ११ हजार तीन सय ९२ मतका साथ पाँचौं ठूलो दल बने । उसले क्षेत्र नं. १ बाट ५ हजार नौ सय तीन र र क्षेत्र नं. २ बाट ५ हजार चार सय ८९ मत प्राप्त गरे । नेकपा माओवादी केन्द्रले क्षेत्र नं. १ बाट एक हजार तीन सय ६७ र क्षेत्र नं. २ बाट ५ हजार चार सय ८९ सहित कुल ४ हजार ९८ मत प्राप्त गरी छैंटौं दलमा सिमि तबने । नेकपा एकिकृत समाजवादीले कुल २ हजार एक सय ५२ मत प्राप्त गरे ।

Comments