भक्तपुर २ मा तीन पार्टीले जोगायो जमानत


मंसिर १२, २०७९, सोमबार | दिउँसो १२:४६ बजे | 50


भक्तपुर २ मा तीन पार्टीले जोगायो जमानत

भक्तपुर । भक्तपुर निर्वाचन क्षेत्र नं २ मा तीन वटा मात्रै राजनीतिक दलहरुले जमानत जफत हुन सफल भएका छन् । कुुल २६ जना प्रतिस्र्धी रहेकोमा विजयी नेपाली कांग्रेस, नेकपा एमाले र नेपाल मजदुर किसान पार्टी तीन वटाले मात्रै जमानत जफत हुनबाट जोगिएका हुन् ।
जमानत जफत हुनबाट जोगिन कुल सदर मतको १० प्रतिशत मत पाउनुपर्ने वन्दोवस्त छ । यहाँं कुल सदर मत ५९ हजार एक सय ६५ मत सदर भएको थियो । त्यसको दस प्रतिशत भनेको झण्डै ६ हजार मत हुन आउँंछ । यहाँं झण्डै दुई हजार मत बदर भएको थियो । 
यो क्षेत्रमा नेपाली कांग्रेसका दुर्लभ थापाले २४ हजार दुई सय ३९ मत पाई विजयी भएका थिए । उनका निकटत प्रतिद्धन्द्धी नेकपा एमालेका महेश वस्नतेले २३ हजार दूई सय ८२ मत पाएका थिए । तेश्रो स्थानमा रहन सफल नेपाल मजदुर किसान पार्टिकी अनुराधा थापामगरले सात हजार एक सय २७ मत पाएकी थिइन् । 
यसबाहेकका जनमत जोगाउन असफलहरुमध्ये राष्टिय स्वतन्त्र पार्टीका साजन विकले चार हजार ९८, राष्टिय प्रजातन्त्र पार्टीका मोहन केसीले दुई हजार पाँंच सय ९६ मत पाएका छन् । यसबाहेकका कुनै पनि दलले एक हजारसम्म मत पुयाउन सकेनन् । धेरै उम्मेदबारहरुले एक सयको हाराहारीमा मत पाएका छन् । यहाँं सवैभन्दा कम मत स्वतन्त्र उम्मेदबारद्धय दिनेश थापा र प्रमिला प्रजापतिले तीनतीन मत ल्याएका छन् । 

Comments