भाद्र ९(कालो दिन)


भदौ ११, २०७७, बिहीबार | विहान ०९:१६ बजे | 20


रामकृष्ण प्रजापति
२०४५ साल भाद्रको महिना थियो । साउन भाद्र झरी हुने समय थियो । त्यस झरीसंगै भुकम्पको सम्भावना पनि थियो । नभन्दै भाद्र ५ गते भुकम्प गयो । भुकम्पले भक्तपुरमा चार पाँच जना मानिसहरुको दुखद निधन भयो । धेरैको घर भत्केको र चर्केको थियो । त्यस्तो दुखद स्थितिमा सबैले राहतको आशा गरिरहेको थियो । सरकारले राहत वितरण गरेको थिएन ।
भाद्र ९ गते आकाशमा काला काला बादलले ढोकेको थियो । विहान नित्यकर्म सिध्याएर स्कूलबाट दिएको गृह कार्य सुरु गर्यो । बिहान ९ः०० बजे खाना खाएर त्यसपछि सूर्यको सुनौलो किरण धामको ज्योति संगसंगै माटोका भाँडा सुकाउँदै थियो । त्यसपछि दुईचार जना मान्छेहरु चामल चोर आयो चामल चोर आयो भन्दै गछें चोफलबाट च्याम्हासिंह तिर दगु¥यो । भाँडा सुकाई रहेकाको कानको ईन्द्रेणी ठाडो ठाडो भयो । ईन्दे्रणीले दिएको चामल चोरको स्वरसंगै हेर्न जान उत्सुकता जाग्यो । त्यसपछि भाँडा सुकाउने काम छोडेर च्याम्हासिंह तिर दगु¥यो । त्यहाँ एउटा घरमा धेरै मान्छे चामल चोरलाई निकाल भनि उक्त घर घेरी राखेको थियो । मान्छेको हुलले घेरेपछि घरपट्टिले उक्त चामल चोर भन्ने व्यक्तिलाई निकाल्यो । हुलले घेरी राखेकोले ७ कक्षा पढ्ने १३ बर्षको बालकले चामल चोरको नाकमुख पनि देखेन । को होला ? भनेर मनमा कौतुहलता मेटाउन उ पनि हुलसंगसंगै हिड्यो । सूर्यमढी पुगेपछि कसै–कसैले जुत्ताको माला लगाई दिएको जस्तो देखियो तर सानो बालकले के देख्नु ? त्यसपछि दत्तात्रय हुँदै इनाचो पुग्दा उ पनि हुलमा छिर्यो र हेर्यो । त्यतिवेला पनि चिन्न सकेन । सुकुलढोका पुग्दा पुलिस भ्यान आयो । चामल चोरलाई पुलिसले कब्जा लिनमा खोज्यो । त्यहाँ हुलले र पुलिसले सामान्य तानातान र सामान्य झडप समेत भयो । पुलिस भ्यानमा राखेकोलाई फेरी निकाल्यो र हुलमा छोडिदियो । त्यहाँ निर पुग्दा अर्को एक जना पनि भिडले समातेर ल्याएको मान्छे देखें । जसको जीउ पुरै नाङ्गै थियो । सबैले कटुमरु कटुमरु भन्यो । कटुमरुलाई बच्चाहरुको झुण्डले तानेर लग्दै थियो । साकोठा जाने बाटो निर पुग्दा पुलिस फोर्स आएर जथाभावी लाठ्ठी चार्ज गर्यो । भिड तितर वितर भयो । तिनीहरु दुवैलाई पुलिस भ्यानमा राखेर लाग्यो ।

 
  त्यतिवेलासम्म पनि चामल चोर को थियो ? भने बुझ्न खुब कोशिस गर्यो । धेरै प्रयास गरेपछि थाहा पायो । त्यो त साच्चिकै जनतालाई दुःख दिने गद्दार व्यक्ति ह्योजू पो रहेछ भने अर्को कटुमरु भन्ने चाहीं उत्तमबहादुर रहेछ । ह्योजू नेमकिसंघबाट जनताको भोटबाट रापसमा जितेका थिए । रापसमा पुगेपछि जनतालाई ढोका दिएर व्यक्तिगत स्वार्थ र भष्ट्राचार गर्ने व्यक्ति रहेछ । त्यसपछिको चुनावमा जनताका उम्मेवार गोबिन्द दुवाल थियो भने ह्योजूको उत्तम बहादुर थियो । तर जनताले गोबिन्द दुवाललाई जितायो । साथै भक्तपुर नगरपञ्चायतमा पनि जनताका उम्मेदवारहरु जितेर जनताको सेवा गर्दे थियो ।
   
२०४५ भाद्र ५ गते ठूलो भुकम्प गयो । भक्तपुर नगरपालिकामा जनताका उम्मेदवारहरुले सरकारले भन्दा पहिले नै राहत वितरण गरी जनताको सेवा गर्दै थियो । त्यसमा सरकारलाई सह्य नभएर रापस नभएका व्यक्ति ह्योजू मार्फत भाद्र ९ गते राहतको कुपन वितरण गरायो । निज भ्रष्ट ह्योजूले घर नभत्केका पञ्च र मण्डलेहरुलाई राहतको कुपन दियो भने साच्चिकै घर भत्केकाहरुलाई कुपन पाएन र राहत पनि दिएन । भक्तपुरको दरवार स्क्वायरमा कुपन वितरण गरी हनुमान घाटबाट राहत वितरण गरेको थियो । राहत नपाउने असंख्य जनताहरुको भिड जम्मा भयो । साँच्चिकै पिडितलाई राहत नपाएपछि आक्रोशित भिडले धाँधली र भष्ट्राचार भएको सहन नसकी जुत्ताको माला लगाएर धुमाउन समातेर सूर्यमढी ल्यायो । भिडले कुटपिट गर्न थालेपछि बचाउन च्याम्हासिंह तिर घरमा लुकायो । उक्त व्यक्तिले राहतको चामल वितरण गरेकोले चामल चोर चामल चोर भनेर हुलले लखट्न आएको थियो । तर भिडको अगाडि अझ भनौं धाँधली र भ्रष्टाचारको आक्रशले घरमा लुकाउन सक्ने स्थिति थिएन र घरबाट बाहिर निकाल्न बाध्य भयो । यसरी जन विरोधिहरुलाई जनताले सँजाय दिन्छ भनेर कथाहरु पढेका थिएँ । देखियो पनि ।
    त्यो कुराहरु चोफल चोकमा जम्मा भएकाहरुबाट थाहा पायो । साँझ पर्न थाले पछि घर जाँदा पञ्च भन्ने बालकृष्ण भेट्यो । अघि जुलुस तँ पनि गएको तँलाई पुलिसले समात्न लगाउँछु  र पिट्छु  भनेर अवोध बालकलाई डरधम्कि दियो । तर बालकलाई त्यो घटना प्रति खासै चासो नभएको र त्यसले के असर गर्छ थाहा नभएकोले उसले सक्छ भने गर भनेर जवाफ दियो । दाईको घरमा खाजा पसल थियो । त्यहाँ जुठो भाँडा माझि खाजा खाई सकेपछि बेलुका ८ः०० बजे तिर इन्स्पेक्टर(प्रहरी निरिक्षक) अर्जुनजंग शाही सहित आएको पुलिस भ्यानबाट पुलिस ओर्लेर पसल भित्र छिरेर साले ज्यापु हो अहिलेसम्म के गफ गरिराखेको घर जान्छस् कि भ्यानमा राखौं । खाजा खाई रहेको सबै ग्राहकहरु खुरु खुरु बाहिर गयो र दाईलाई जथानाम गाली गरेर पसल बन्द गरायो । ती बालकलाई पञ्चहरु सामन्ति स्वभावको हुने र प्रहरीहरु तानाशाही हुन्छ भने कुरा चाहीँ विद्यालयमा नै थाहा पाएका थियो । पुलिसको व्यवहार त्यस्तै हुने होनि भनेर खाना खाएर सुत्न गायो ।
  
बादल गर्जेर गाड्याङ गुडुङ आवाजले बुउँझियो । आकासमा बादल मदारिरहेको थियो । बादलले ढाकेर अँध्यारो थियो । स्नान गरेर बाहिर जाँदा ह्योजू मर्यो भनेर हल्ला सुनियो । अच्चमको कुरा के छ भने साकोठामा उठेर पुलिस भ्यानमा बसेर गएको व्यक्ति मर्यो भने पछि दालमे कुछ काला हे भने हिन्दि उखान सम्झियो । अधिल्लो राति नै नेमकिसंघका नेता नारायणमान विजुक्छे(रोहित) लगायतका नेताहरु पनि समातेर लगेको सुनियो । त्यसपछि त भक्तपुरमा सन्नता छायो । पञ्च र मण्डलेहरुले आफ्नो विरोधि, नेमकिसंघका नेता कार्यकर्ताहरुको घर देखाई देखाई प्रहरीलाई समात्न लगायो र राती राती ती नेता कार्यकर्ताको घरमा धरपकडा गर्यो, घेरा हाल्यो, घरपरिवारलाई तर्साउने कार्य भयो । सर्वसाधारण जनताहरु, किसान, मजदुर, युवा कसैलाई बाँकी राखेन समातेर लाने र बेस्सरी पिट्ने घटनाहरु भएपछि काठमाण्डौंमा काँक्रो बेच्ने किसानहरु, तरकारी व्यापारीहरु लगायत युवाहरु सबै भागिभागि हिड्नु पर्ने नेता कार्यकर्ताहरु भूमिगत हुनु पर्ने अवस्था सृजना भयो । पञ्च र मण्डलेहरुका सत्रुहरु जो राजनीतिको र पनि थाहा नपाएकाहरुले झनै दुःख भोग्नु प¥यो । जीवन मरणको अवस्थासम्म पु¥याएको थियो । पुलिसले अति अति नै दुःख दिन थालेपछि त्यसको प्रतिकारमा सुरक्षाको लागि जनताहरु अझ भनौं विशेष गरी महिला दिदी बहिनीहरु राति राति जाँगरण बसी चोक चोकमा आगो बालेर बस्न थाल्यो । त्यस्तो अवस्थामा कहाँ के भएको छ भनेर ज्ञानसागर सरले हामीलाई बुझ्न पठाउँन्थ्यो । बालकहरुलाई त्यो एउता रमिता जस्तो भयो । राती राती धुमेर विभिन्न स्थानमा भएको घटना र अवस्था बारे सरलाई जानकारी दिन्थ्यौं । पछि नेमकिसंघका अध्यक्ष का.रोहित लगायत विभिन्न किसान नेता कार्यकर्तामाथि ज्यान मुद्दा लगायो । जुन व्यक्तिहरु त्यो घटना भएकोसम्म थाहा थिएन भने घटनसंग सम्बन्धित पनि थिएन । नेमकिसंघले जनताका उम्मेदवार भई जीतेका रापस र नगरपञ्चायतमा पञ्चायत सरकारले भन्दा जनताको मन जितेर राम्रोसंग काम गरेको सह्य भई राखेको थिएन । त्यसैले पञ्चहरुलाई नेमकिसंघका नेता कार्यकर्ता घाँटीमा अड्को हड्डी सम्झथ्यो । जनतालाई नेमकिसंघका नेता कार्यकर्ता आँखामा राख्दा पनि नभिज्ने भएपछि पञ्चहरुलाई आँखाको कसिंगर हुन थाले । नेमकिसंघले भारतले सुस्ता अतिक्रमण विरुद्ध २०२५ सालमा देशमै पहिलो विरोध जुलुस, २१ सालको भूमिसुधार, मोहियानी हक आन्दोलन, भर्पाईं आन्दोलन, बाली काट्ने आन्दोलन, साँढे धपाउने आन्दोलन, पाकिस्तानमा जुल्फिकर अलि भुटोलाई फाँसी दिएको विरोधमा जुलुस, मुक्ति बाहिनी पठाई बगालादेश टुक्र्याएको विरोध आदि कार्यले राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमा प्रचारहरु हुन थाले यसले गर्दा पञ्चायत सरकारलाई सह्य हुने कुरै भएन । एक तिर से दो शिकार भने झै ह्योजूलाई बलिको बोको बनाएर नेमकिसंघलाई समुल नष्ट गर्ने षडयन्त्र पञ्चायतबादी मण्डलेहरुले सूरु ग¥यो ।
   
त्यसैले भिडले कुटेर सामान्य घाईटे भएका ह्योजूलाई साकोठाबाट लगेर उपचार नगरी पञ्चायतले मारेर दोष सबै नेमकिसंघलाई दियो भने बढी कुटाई खाने उत्तम बहादुर बाँचे त्यसले पनि षडयन्त्रको गन्ध त्यहाँबाट सुरु भएको अनुमान भयो र नेमकिसंघका नेता कार्यकर्ता ६७ जनालाई ज्यानमुद्दा सहित फाँसीको माग ग¥यो । त्यसमा यी अभियोगहरु लगाएर मुद्दा लचाएको थियो ।
१) चुनावको रिस
२) रोहित समुहबाट छुटेको
३) रोहितले झ्यालबाट ठोकमार भनेको
४) बयानमा साबित भएको(प्रहरी कष्टडि भित्र जबरजस्ती सहि गराई)
माथिको आरोप निराधर छ ।
१) २०४३ सालको मत हेर्यो भन्ने ह्योजूको उम्मेदवार उत्तम बहादुर पाँचौं स्थानमा पर्छ र बहुदवादी अर्को पार्टीहरु प्रमुख प्रतिपक्ष भएर आएको थियो । निकटम प्रतिद्धन्दीलाई प्रहार नगरी पाँचौं स्थानकोलाई बदलालिनु पर्ने देखिन्दैन । त्यसैले यो आरोप पूर्ण त गलत छ ।
२) ह्योजू नेपाल कम्युनिष्ट पार्टीबाट छुटेर पञ्च बन्नेहरुको लामो सूचिमा कर्ण ह्योजू पहिलो व्यक्ति होइन त्यसैले त्यो आरोप निराधार छ ।
३) का.रोहितको घर गल्ली भित्र भएकोले त्यस्तो हुलको कोलाहलमा उसले भनेको सुन्न पनि

सुन्दैन त्यसैले त्यो आरोपको लागि आरोप मात्रै जस्तो लाग्छ ।
४) प्रहरी हिरासतमा राखेर गराएको बयान सबै साविति भएको भन्ने आधारमा अभियोग लागेको भनेकोमा भारतका जनमोर्चाका नेता डा.संजय सिंहको भनाई उद्धृत गर्नु सान्र्दभिक देखिन्छ । डा.संजय सिंहलाई मोदी हत्याकाण्डमा पक्राउ गरेपछि भन्नुभएको थियो । “राजिव गान्धीलाई एक दिनको लागि मलाई देऊ म उनको दस्तखत भएको बयान ल्याई दिन्छु कि उनले आफ्नो आमाको हत्या गरेको हो” त्यसैले पुलिस कष्टडी भित्र कुटपिट गरी गराएको बयान साविति भएको मानिन्दैन । यो आरोप गलत छ ।
  
त्यस्तै नेमकिसंघको सिद्धान्त ः– १) वर्गिय र राजनैतिक संघर्षद्धारा समाजमा आमुल परिवर्तन गर्न सकिन्छ भन्ने विचारमा विश्वास गरी व्यापक जनतालाई राजनैतिक रुपमा शिक्षित गर्न प्रतिकृयावादी भन्दा प्रतिकृयावादी संघ संस्था भित्र गएर जनताको सेवा गर्ने । २) प्रहारको बिन्दु व्यक्ति हुनासाथ संघर्षको रुप ‘नरोदनिक’ वा व्यक्ति हत्यामा टुङ्गिन्छ । नरोदनिकवाद वा आतंकवाद निश्चय पनि माक्र्सवाद होइन । जार अलेकजेण्डर दोश्रोको हत्या भयो तर जारतन्त्र समाप्त भएन र घर्म प्रसाद ढकाल मारिए तर झापाको समस्या टुङ्गिएन भनि व्यक्तिहत्याको विरोध गर्ने रोहित एक राजनैतिक दर्शनबाट प्रभाबित कुनै पनि इमान्दार कार्यकर्ताले सिद्धान्त माथि छलछाम, धोखा र लेनदेन गर्ने गर्देन । ३) “नेपाल कम्युनिष्ट आन्दोलनमा देखा परेका खोटा विचारहरुको खण्डन” र “विश्व प्रशिद्ध मजदुर आन्दोलनहरु” नामक पूस्तक अध्ययन गरेपछि यो भनाई पुष्टि हुन्छ कि लेनिनवादी सिद्धान्त अनुसार “प्रतिकृयावादी संघसंस्थामा प्रवेश गरी जनताको सेवा गर्ने” नीतिको कारण रोहित समुहले देशको राजनीतिमा आफ्नो मौलिक स्थान बनाएको छ भन्दा अतिशयोक्ति हुने छैन ।
    असत्य कहिल्यै टिक्दैन सत्य कहिल्यै डग्दैन भने झैं भक्तपुर काण्डको षडयन्त्रले गर्दा २०४६ सालको जनआन्दोलन छिट्टै उठे । तीस बर्षे पञ्चायती व्यवस्थाको अन्त्य भयो । भक्तपुर काण्डले पञ्चायतको अन्त्य भयो । नेमकिपा सिध्याउन खोज्ने पञ्चायत आफैँ सकियो । जनताको अजय शक्तिलाई धाल्न खोज्ने पञ्चायत आफै ढल्यो । ती अबोध बालक यति कुरा थाहा पाए पछि देश र जनताको सेवामा समर्पित भई सत्यको निम्ति रातो झण्डा उचाली संघर्षको मैदानमा अगाडि बढ्ने अठोत गरे । भाद्र ९(कालो दिन)को षडयन्त्र फेरी फेरी पनि हुन सक्ने भएकोले भावि पुस्तालाई सचेत गर्दै मुक्तिको बाटोमा हिड्यो । धन्यवाद ।

Comments