भक्तपुरका मतदाताहरुलाई धन्यवाद दिन सुरु (चारदिने कार्यक्रमसहित)


मंसिर ९, २०७९, शुक्रबार | विहान ११:५२ बजे | 40


भक्तपुरका मतदाताहरुलाई धन्यवाद दिन सुरु (चारदिने कार्यक्रमसहित)

भक्तपुर । भक्तपुर क्षेत्र नं १ बाट नवनिर्वाचित सांसद प्रेम सुवालले सर्वसाधारणका छोराछोरीहरुलाई १५ लाखमै डाक्टर पढाउने वन्दोवस्त गर्न आफूले संसदमा संघर्ष गर्ने बताएका छन् । जितपछि शुक्रबार भएको विजयी याली तथा मतदातालाई धन्यवाद दिन गरेको कार्यक्रममा उनले ख्वप विश्वविद्यालय स्वीकृति गराई १५ लाखमै मेडिकल शिक्षा दिन आफनो संघर्षलाई अझ अगाडि वढाउने बताए । उनले देश र जनताको पक्षमा कानुन बनाउन पनि आफूले शशक्त भूमिका खेल्ने प्रतिवद्धता जनाए । पार्टीले दिएको निर्देशन अनुसार असमान सन्धिसम्झौता, देशघाटी सन्धिसम्झौताको विरुद्धमा एक्लै भए पनि निडरताका साथ संघर्ष गर्ने पनि उनले प्रतिवद्धता जनाए । 
शुक्रबार भक्तपुर क्षेत्र नं १ का ताथलीलगायतका ठाउँंमा धन्यवाद याली गरिएको थियो । ठूलो चौर सौडालबाट सुरु भएको याली फैढोका, खासकर्मी, बालाटोल, बनमाला टोल, खर्कपुल, नालाछाप, हलाल गाउँं, खावा, नेपाल गाउँं, थाकलमठ, फुयाल गाउँं, दुलाल गाउँं, पीपलबोट, सुडाल, खुवाल पसल, घोरसाइनेटोल ८,न वडा कार्यालय , जितपुर, रातो पाटी पुगेको थियो । पार्टी जिल्ला निर्वाचन समितिले शुक्रबारदेखि चारदिने धन्यवाद यालीको घोषणा गरेको छ । त्यस अनुसार शनिबार विहान पार्टी केन्द्रिय कार्यालयबाट विहान नौ बजे याली सुरु हुने जनाएको छ । शनिबार उक्त क्षेत्रको भक्तपुर नगरपालिका क्षेत्रमा धन्यवाद याली निकालिने जनाएको छ । भक्तपुर क्षेत्र नं १ मा भक्तपुर नगरपालिका र चाँंगुनारायण नगरपालिका पर्दछ ।  सुवाल निकटम प्रतिद्धन्द्धी भन्दा ३० हजार सात सय ९३ वढी मतले विजयी भएका थिए । सुवाल नेपाल मजदुर किसान पार्टीका केन्द्रिय सचिव हुन् । 

फाेटाेमा हेर्नुहाेस्...

भक्तपुरका मतदाताहरुलाई धन्यवाद दिन सुरु (चारदिने कार्यक्रमसहित)

Comments