विनायकका विद्यार्थीलाई सचेतना कार्यक्रम
मंसिर ९, २०७९, शुक्रबार | विहान ०९:१९ बजे | 15
मध्यपुर ठिमी भक्तपुर किताबी ज्ञानले मात्र विद्यार्थीको सिकाइ पूर्ण हुँदैन, व्यावहारिक र जीवन उपयोगी ज्ञान र सीपबाट पनि सिकाई सार्थक हुन्छ भन्ने मान्यतालाई आत्मासात गर्दै आएको विनायक शिक्षा निकेतन इङ्गलिस स्कुल थिमिमा यही मंसिर 8 गते विद्यार्थीहरुका लागि सचेतना कार्यक्रमको आयोजना गरियो ।विशेषगरी र लैङ्गिक हिंसा good touch र bad touchवारे कक्षा 5 का विद्यार्थीहरुसँग अन्तरक्रियात्मक तथा प्रयोगात्मक ज्ञान दिइएको उक्त कार्यक्रम विद्यालयकी पूर्व विद्यार्थी तथा इन्जिनियर चण्डिका श्रेष्ठलगायत cloud factory team काे संयोजनमा आयोजना गरिएको थियो। कार्यक्रममा विद्यार्थीहरुलाई मनोरञ्जनात्मक शैलीमा good touch र bad touch सिकाइएको यदि कसैले bad touch गरे त्यसको प्रतिकार कसरी गर्ने, अभिभावकलाई तथा शिक्षकशिक्षिकालाई जानकारी गराउन आवश्यक छ कि छैन भन्ने शिक्षाप्रद भिडियो समेत प्रदर्शन गरिएको र अपरिचित तथा परिचित व्यक्तिबाट हुने यस्ता क्रियाकलापबाट हरसमय सचेत हुनुपर्ने जानकारी विद्यार्थीले प्राप्त गर्न सकेको कुरा विद्यालयका प्रिन्सिपल सुरेन्द्रविक्रम प्रजापतिले जानकारी गराउनुभयो