अन्तत पराजित भए महेश वस्नेत


मंसिर ८, २०७९, बिहीबार | विहान ०२:३८ बजे | 65


अन्तत पराजित भए महेश वस्नेत

भक्तपुर भक्तपुर क्षेत्र नम्बर २ मा लोकतान्त्रिक बाम गठबन्धनका साझा उम्मेदवार नेपाली कांग्रेस जिल्ला सभापति दुर्लभ थापा विजयी भएको छ । गएराती सम्पन्न मतगणनामा थापा २४ हजार २ सय ३८ मतका विजयी भएको हो । थापाले बस्नेतलाई ९ सय ५९ मतान्तरले पराजित गरेका हुन । उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका महेश बस्नेतले २३ हजार २ सय ७५ मत पाएका छन्। कुल ६५ हजार ९ सय मतमध्य मतगणाना भएको हो । २०७४ को निर्वाचनमा बस्नेत नेपाली कांग्रेसका उम्मेदवार दमननाथ ढुंगानालाई झण्डै दोब्बर मतान्तरले पराजित गरी भक्तपुरमा पहिलो पटक एमालेको विजयको झण्डा फहराउन सफल भएको थियो । त्यतिबेला बस्नेतले ३६ हजार ४१२ मत पाएको थियो । बस्नेतको पराजयसँगै भक्तपुर क्षेत्र नं. २ मा एउटै व्यक्ति र पार्टीले लगातार जित हासिल गर्न नसकेको इतिहास कायम भएको छ । २०४६ मा प्रजातन्त्र पुनःस्थापनासँगै सम्पन्न निर्वाचनमा भक्तपुर क्षेत्र नं. २ मा दलहरुले आलोपालो जित्दै आएका छन । त्यसैगरी एउटै उम्मेदवारले दोहोर्याएर जित्न सकेको छैन । २०४८ मा कांग्रेसका जगन्नाथ आचार्यले जितेको भक्तपुर क्षेत्र नं. २ मा २०५१ मा नेमकिपाका आशाकाजी बासुकलाले जिते । २०५६ मा पुनः कांग्रेसका लेखनाथ न्यौपानेले जितेको थियो भने २०६४ मा नेमकिपाका सुनिल प्रजापतिले जित्नुभयो । । प्रजापतिले कांग्रेसका लेखनाथ न्यौपानेलाई पराजित गरेकोे थियो । २०७० मा कांग्रेसका रामेश्वर ढुंगेलले नेमकिपाका सुनिल प्रजापतिलाई पराजित गरेका थिए ।

Comments