भक्तपुर क्षेत्र नं. २ को प्रदेश सभा २ मा डा. राजेन्द्रमान श्रेष्ठ विजयी
मंसिर ८, २०७९, बिहीबार | विहान ०२:३१ बजे | 50
भक्तपुर क्षेत्र नं. २ को प्रदेश सभा २ मा लोकतान्त्रिक बाम गठबन्धनका साझा उम्मेदवार नेकपा एकिकृत समाजवादीका डा. राजेन्द्रमान श्रेष्ठ विजयी भएका छन् । भक्तपुर क्षेत्र नं. २ को प्रदेश सभा २ मा डा. श्रेष्ठ ८ हजार ३४१ मत ल्याई विजयी भएको हो । उनका निकतम प्रतिद्धन्द्धी नेकपा एमालेका चन्दनकृष्ण श्रेष्ठले ८ हजार ३१ मत प्राप्त गरेका थिए । डा. श्रेष्ठलाई चन्दनकृष्णलाई ३१० मतले पराजित गरेको हो । डा. श्रेष्ठ यसअघि २०७४ मा एमालेका उम्मेदवारका रुपमा प्रदेश सभामा निर्वाचित भएका थिए ।