भक्तपुर १ कमा एमालेका किरण थापा विजयी


मंसिर ८, २०७९, बिहीबार | विहान ०२:२२ बजे | 30


भक्तपुर १ कमा एमालेका किरण थापा विजयी

भक्तपुर 
भक्तपुर क्षेत्र नं १ क सूर्यविनायकमा नेकपा एमालेका किरण थापा विजयी भएका छन् । १५ हजार एक सय १८ मतका साथ थापा विजयी भएका हुन् । निकटत प्रतिस्पर्धी भन्दा तीन हजार एक सय ८५ मत वढी ल्याएर थापा विजयी भएका हुन् । थापा यसअघि एमालेकातर्फबाट सूर्यविनायक नगरपालिका वडा नं ८ सिपाडोलका वडा अध्यक्ष थिए । 
थापाको निकटम प्रतिस्पर्धी कांग्रेसका विष्णुराज कार्की भएका छन् । कार्कीले ११ हजार नौ सय ३३ मत पाएका छन् । यस क्षेत्रमा तेश्रोमा राप्रपा र चौथोमा नेपाल मजदुर किसान पार्टी रहेका छन् । 

Comments