यी हुन् भक्तपुर २ मा मतगणणा हुन बाँंकी क्षेत्र


मंसिर ७, २०७९, बुधबार | दिउँसो ०२:३४ बजे | 35


यी हुन् भक्तपुर २ मा मतगणणा हुन बाँंकी क्षेत्र

भक्तपुर । भक्तपुर २ मा कांग्रेसका दुलर्भ थापा जित नजिक पुगेका छन् । एमालेका महेश वस्नेतलाई निरन्तर पछाडि पार्दै कांग्रेसका थापाको अग्रता बुधबार साँंझसम्म पनि निरन्तर कायम छ । साँंझ साढे सात बजे सार्वजनिक परिणाम अनुसार थापाले २२ हजार ६ सय ९४ मत पाएका छन् । उता वस्नेतले २२ हजार ६ मत पाएका छन् । यो परिणाम ६१ ह्जार एक सय २५ मत गणणा गर्दासम्मको हो । यहाँं कुल ६५ हजार नौ सय ३५ मत खसेको थियो । यो क्षेत्रमा नेपाल मजदुर किसान पार्टीकी अनुराधा थापामगले तेश्रो स्थान सुरक्षित गरेकी छिन् । 
यस्तै भक्तपुर २ क सूर्यविनायकमा भने एमालेका किरण थापा विजय नजिक पुगेका छन् । भक्तपुर २ ख मध्यपुर थिमिमा सता गठबन्धनकातर्फबाट नेकपा एसका डा राजेन्द्रमान श्रेष्ठ जित नजिक पुगेका छन् ।

Comments