गुरु गणेश साकोसद्धारा खुल्ला रक्तदान


मंसिर ७, २०७९, बुधबार | विहान ०८:४६ बजे | 45


 गुरु गणेश साकोसद्धारा खुल्ला रक्तदान

 भक्तपुर । श्री गुरु गणेश बचत तथा ऋण सहकारी संस्था लि. को १६ औं स्थापना दिवसको अवसरमा च्याम्हासिंह, भक्तपुर –९ मा खुल्ला रक्तदान, प्रेसर र सुगर जाँच एक समारोहबीच संस्थाका अध्यक्ष कृष्णराम कासिछ्वाले बुधबार उद्घाटन गर्नुभयो ।

कार्यक्रममा संस्थाका सल्लाहकार रामकृष्ण प्रजापतिले सहकारीको नारा सदस्यहरुको आर्थिक एवं सामाजिक स्तर उकासी आदर्श समाज बनाउने लक्ष्य रहेको बताउनु भयो । उहाँले आदर्श समाज भनेको हत्या, हिंसा, लुट नभएको शोसन रहित समाज र सबै शिष्ट अनुशासित सभ्य मानिसहरुको बसोबास हुने समाज भएकोले त्यस्तो समाज बनाउने आमुल परिवर्तन बाहक भनेको सहकारी हो भन्नुभयो । उहाँले रक्तदान जीवनदान हो र कसैको अमुल्य जीवन बचाउनु नै पुण्यको काम हो भन्नुभयो । उहाँले सहकारीको सामाजिक दायित्व अन्र्तगत रक्तदान र स्वास्थ्य परिक्षणले समाजलाई फाईदा पुग्ने बताउनु भयो । उहाँले सोहि अवसरमा निःशुल्क सदस्यता वितरण हुनु राम्रो भएको बताउँदै अहिलेको समयमा सहकारीहरु भागिरहेको अवस्थामा सदस्यहरुको बचत सुरक्षित हुने जिम्मा सहित सदस्य बनाउनु पर्ने बताउनु भयो ।

कार्यक्रममा संस्थाका अध्यक्ष कृष्णराम कासिछ्वाले सभापतिको मन्तव्य राख्दै सबैको सहयोग र सहकार्यमा कुनै पनि कार्य सफल बनाउन सक्ने बताउनु भयो । कार्यक्रममा स्वागत मन्तव्य उपाध्यक्ष श्रीप्रसाद प्रजापति, सल्लाहकार काशीलाल प्रजापति, कोषाध्यक्ष तुल्सी केशरी छुजू (प्रजापति), संचालक सदस्य रामकृष्ण लावजू र उद्घोषक प्रबन्धक गौतम कुटुवाजूले पनि बोल्नु भएको थियो । रक्तदान तर्फ पुरुष २५ र महिला ३ गरी जम्मा २८ जना तथा प्रेसरसुगर जाँचमा पुरुष ३१ र महिला १२ गरी जम्मा ४३ जनाले दिनुभयो । साथै निःशुल्क सदस्यता तर्फ २० जना र बाल बचत १ जना रहेको समेत संस्थाका प्रबन्धक गौतम कुटुवाजूले जानकारी दिनुभयो ।

Comments