चाँंगुमा कांग्रेस विजयी, एमाले दोश्रो, नेमकिपा तेश्रो


मंसिर ७, २०७९, बुधबार | विहान ०२:२४ बजे | 60


चाँंगुमा कांग्रेस विजयी, एमाले दोश्रो, नेमकिपा तेश्रो

भक्तपुर, मंसिर ७

भक्तपुरको क्षेत्र नं १ क चाँंगुनारायणबाट नेपाली कांग्रेसले खाता खोलेको छ । उक्त प्रदेश सभाको सदस्यमा कांग्रेसका सुरेश श्रेष्ठले जित निकालेका छन् । श्रेष्ठ नौ हजार चार सय २१ मतका साथ विजयी भएका हु्न् ।

उनका निकटम प्रतिद्धन्द्धी एमालेका मोहनवीर श्रेष्ठ भएका छन् । श्रेष्ठले आठ हजार दुई सय १२ मत पाएका छन् । तेश्रो स्थान नेपाल मजदुर किसान पार्टी (नेमकिपा) ले सुरक्षित गरेको छ । नेमकिपाका मिनबहादुर बाटाले आठ हजार १० मत पाएका छन् । चौथौमा राष्टिय प्रजातन्त्र पार्टीका पाँंच हजार नौ सय ३० मत पाएका छन् । यो क्षेत्रमा स्वतन्त्र उम्मेदबार जेव्राले एक हजार एक सय २८ मत पाएका छन् । यो प्रदेशमा यसअघि पनि कांग्रेसका कृष्णलाल भडेल निर्वाचित भएको थियो । साथै चाँंगुनारायण नगरपालिकाको मेयरमा पनि कांग्रेसकै जीवन खत्री निर्वार्चित भएका थिए । 



Comments