भक्तपुर २ मा थापा फेरि अगाडि वढ्यो


मंसिर ६, २०७९, मङ्गलबार | दिउँसो ०२:३२ बजे | 35


भक्तपुर २ मा थापा फेरि अगाडि वढ्यो

भक्तपुर । भक्तपुर क्षेत्र नं २ मा कांग्रेसका दुलर्भ थापा फेरि अगाडि वढेका छन् । थापा फेरि एमालेका महेश वस्नेत भन्दा दुई हजार वढी मतले अगाडि वढेका हुन् । 
थापाले २२ हजार ६ सय ९७ मत पाएका छन् । वस्नेतले २० हजार एक सय ३६ मतमा सिमित भएका छन् । मतगणणा मध्यपुर थिमि नगरपालिकाको वडा नं ५, ६ र ७ तथा सूर्यविनायक नगरपालिका वडा नं ८ को आधा, वडा नं ९ र बालकोट वडा नं ३ को आधा गणणा हुन बाँंकी छ । अहिलेसम्म यहाँं ५४ हजारको हाराहारीमा मतगणणा भएको छ । यहाँं ६५ हजार नौ सय ३५ मत खसेको थियो ।  

Comments