महेश वस्नेत भक्तपुर २ मा निरन्तर पछाडि
मंसिर ५, २०७९, सोमबार | साँझ ०४:०६ बजे | 95
भक्तपुर, मंसिर ५
भक्तपुर निर्वाचन क्षेत्र नं २ मा एमालेका महेश वस्नेत निरन्तर पछाडि छन् । कांग्रेसका दुलर्भ थापा निरन्तर अग्र स्थानमा छन् । आइतबार रातिदेखि पछाडि पार्दै आएको थापाले सोमबार राति पौने नौमा सार्वजनिक मत परिणामसम्म पछाडि नै पार्दै आएका छन् ।
मत परिणाम अनुसार काँग्रेसका दुर्लभ थापाले आठ हजार एक सय २५ मतले अगाडि छन् । एमालेका बस्नेतले सात हजार एक सय नौ मत पाएका छन् । यहाँं नेपाल मजदुर किसान पार्टीकी अनुराधा थापामगर तेश्रो स्थानमा छिन् ।
भक्तपुर क्षेत्र नं २ मा एमालेका नवराज गेलाल अगाडि छन् । उनलाई क्रमश सता गठबन्धनका सुनिल गोठे, नेपाल मजदुर किसान पार्टीका प्रेम सुवाल, राप्रपाको भरतबहादुर खड्काले पछ्याइरहेका छन् । भक्तपुरको चाँंगुनारायण क्षेत्रमा गणणा नभएकाले प्रेम सुवाल दोश्रो स्थानमा सिमित भएका हुन् । भक्तपुर नगरपालिका क्षेत्रको गणणासँंगै सुवाल अगाडि वढने निश्चित छ ।
भक्तपुर १ क चाँंगुनारायण प्रदेशमा भने कांग्रेसका सुरेश श्रेष्ठ अगाडि छन् । भक्तपुर क्षेत्र नं २ ख भक्तपुर नगरपालिकाको मत गणणा भने थालिएको छैन । उता भक्तपुर क्षेत्र नं २ ख मध्यपुर थिमिमा नेपाल मजदुर किसान पार्टीले अग्रता लिएको छ । मध्यपुर थिमि क्षेत्रमा नेमकिपाका रमेश वैद्यले अग्रता लिएका हुन् । वैैद्य एक हजार सात सय ४७ मतले अग्र स्थानमा छन् । नेमकिपालाई सता गठबन्धनकातर्फबाट नेकपा एसका डा राजेन्द्रमान श्रेष्ठले पछ्याइरहेका छन् । डा श्रेष्ठले एक हजार पाँंच सय मत पाएका छन् । तेश्रोमा एमालेका चन्दनकृष्ण श्रेष्ठले एक हजार तीन सय ७० मतले तेश्रो स्थान सुरक्षित गरेका छन् । उता भक्तपुर क्षेत्र नं २ क सूर्यविनायकमा भने एमालेका किरण थापा अगाडि छन् । उनलाई कांग्रेसका विष्णुराज कार्कीले पछ्याइरहेका छन् ।
भक्तपुर क्षेत्र नं २ मा आइतबार राति दुई बजेबाट गणणा सुरु भएको थियो । भक्तपुर २ को मतगणणा मध्यपुर थिमि बोडेको कृषि विकास तालिम केन्द्र बोडेमा भइरहेको छ । भक्तपुर क्षेत्र नं १ को मतगणणा सोमबार विहान नौ बजेदेखि नेपाल विद्युत प्राधीकरण खरिपाटी केन्द्रबाट सुरु भइरहेको छ ।