भक्तपुर क्षेत्र नं २ ख मध्यपुर थिमिमा नेमकिपाका वैद्य अग्रस्थानमा


मंसिर ५, २०७९, सोमबार | विहान ११:४१ बजे | 150


भक्तपुर क्षेत्र नं २ ख मध्यपुर थिमिमा नेमकिपाका वैद्य अग्रस्थानमा

भक्तपुर । भक्तपुर निर्वाचन क्षेत्र नं २ ख मध्यपुर थिमिमा नेपाल मजदुर किसान पार्टीले अग्रता लिएको छ । मध्यपुर थिमि क्षेत्रमा नेमकिपाका रमेश वैद्यले अग्रता लिएका हुन् । वैैद्य एक हजार एक सय तीन मतले अग्र स्थानमा छन् । नेमकिपालाई सता गठबन्धनकातर्फबाट नेकपा एसका डा राजेन्द्रमान श्रेष्ठले पछ्याइरहेका छन् । डा श्रेष्ठले सात सय ३६ मत पाएका छन् । तेश्रोमा एमालेका चन्दनकृष्ण श्रेष्ठले ६ सय ६० र हलोले दुई सय ४३ मत पाएका छन् । 
भक्तपुर क्षेत्र नं २ मा राति दुई बजेबाट गणणा सुरु भएको थियो । भक्तपुर २ को मतगणणा मध्यपुर थिमि बोडेको कृषि विकास तालिम केन्द्र बोडेमा भइरहेको छ । भक्तपुर क्षेत्र नं १ को मतगणणा विहान नौ बजेदेखि नेपाल विद्युत प्राधीकरण खरिपाटी केन्द्रबाट सुरु भइरहेको छ । 

Comments