भक्तपुर क्षेत्र नं २ ः काग्रेसका थापा अगाडि
मंसिर ५, २०७९, सोमबार | विहान १०:०७ बजे | 80
भक्तपुर । भक्तपुर निर्वाचन क्षेत्र नं २ मा नेपाली कांग्रेसका उम्मेदबार दुलर्भ थापा निरन्तर अगाडि छन् । एमालेका महेश वस्नेतलाई पछाडि पार्दै थापा निरन्तर अगाडि वढेका हुन् । तीन बजेसम्मको परिणाम अनुसार थापाले चार हजार पाँंच सय १५ मत पाएका छन् । वस्नेतले चार हजार एक सय १९ मत पाएका छन् ।
त्यसैगरी भक्तपुर क्षेत्र नं १ मा राप्रपाका उम्मेदवार भरतबहादुर खड्काले सुरुआती अग्रता लिएका छन् । चाँगुनारायण नगरपालिका वडा नं १ को मतगणनाका क्रममा उनले अग्रता लिएका हुन् । यस क्षेत्रमा एक हजार तीन सय ११ मतगणना हुँदा खड्काले तीन सय ५९, एमालेका नवराज गेलालले तीन सय ५६, नेमकिपाका प्रेम सुवालले दुई सय ९२ र माओवादी केन्द्रका सुनिल गोठेले दुई सय दुई मत प्राप्त गरेका छन् ।
उता भक्तपुर क्षेत्र न १ क चाँंगुनारायण प्रदेश सभाको पहिलो चरणको मतपरिणाम सार्वजनिक भएको छ । सार्वजनिक परिणाम अनुसार नेपाली कांग्रेसका सुरेश श्रेष्ठले अग्रता लिएको छ । त्यहाँं चाँंगुनारायण नगरपालिका वडा नं १ दुवाकोटको मतगणणा सकिएको हो ।
भक्तपुर क्षेत्र नं १ को मतगणणा विहान नौ बजेदेखि नेपाल विद्युत प्राधीकरण खरिपाटी केन्द्रबाट सुरु भएको हो । उता क्षेत्र नं २ को भने राति दुई बजेबाट नै सुरु भएको थियो । भक्तपुर २ को मतगणणा मध्यपुर थिमि बोडेको कृषि विकास तालिम केन्द्रमा भइरहेको छ ।