भक्तपुरमा कांग्रेसका थापाको अग्रता कायमै


मंसिर ५, २०७९, सोमबार | विहान ०६:१२ बजे | 20


भक्तपुरमा कांग्रेसका थापाको अग्रता कायमै

भक्तपुर । भक्तपुर निर्वाचन क्षेत्र नं २ मा नेपाली कांग्रेसका उम्मेदबार दुलर्भ थापाको अग्रता कायमै रहेको छ । अहिले दिउँंसो साढे ११ बजे सार्वजनिक मत परिणाम अनुसार थापाले झन फराकिलो मतका साथ अगाडि वढेका छन् । थापाले चार हजार दुई सय मत पाएका छन् । एमालेका बस्नेतले तीन हजार चार सय मत पाएका छन् ।
उता भक्तपुर क्षेत्र न १ क चाँंगुनारायण प्रदेश सभाको पहिलो चरणको मतपरिणाम सार्वजनिक भएको छ । सार्वजनिक परिणाम अनुसार नेपाली कांग्रेसका सुरेश श्रेष्ठले अग्रता लिएको छ । नेपाली कांग्रेसका सुरेशले आठ सय ४४ मत पाएका छन् । उनलाई एक सय ८७ मत ल्याई हलोले पछ्याइरहेको छ । एमालेका मोहनवीर श्रेष्ठले एक सय ६० मत पाएका छन् । नेपाल मजदुर किसान पार्टी (नेमकिपा) ले ४८ मत पाएको छ । यीबाहेक अन्य ससाना पार्टीहरुले पनि मत पाइरहेका छन् ।  चाँंगुनारायण नगरपालिका वडा नं १ चाँंगु मावि क र ख मतदान केन्द्रको मतगणणा गरिएको हो ।
भक्तपुर क्षेत्र नं १ को मतगणणा विहान नौ बजेदेखि नेपाल विद्युत प्राधीकरण खरिपाटी केन्द्रबाट सुरु भएको हो । उता क्षेत्र नं २ को भने राति दुई बजेबाट नै सुरु भएको थियो ।
भक्तपुर २ को मतगणणा मध्यपुर थिमि बोडेको कृषि विकास तालिम केन्द्रमा भइरहेको छ । यहाँं कांग्रेसका दुलर्भ थापा एमालेका महेश वस्नेतलाई पछाडि पार्दै अगाडि वढेको छ । 

Comments