भक्तपुर १ कको मत परिणाम सार्वजनिक, काग्रेसले लियो अग्रता
मंसिर ५, २०७९, सोमबार | विहान ०५:२६ बजे | 55
भक्तपुर । भक्तपुर क्षेत्र नं १ क चाँंगुनारायण प्रदेश सभाको पहिलो चरणको मतपरिणाम सार्वजनिक भएको छ । सार्वजनिक परिणाम अनुसार नेपाली कांग्रेसका सुरेश श्रेष्ठले अग्रता लिएको छ । नेपाली कांग्रेसका सुरेशले आठ सय ४४ मत पाएका छन् । उनलाई एक सय ८७ मत ल्याई हलोले पछ्याइरहेको छ । एमालेका मोहनवीर श्रेष्ठले एक सय ६० मत पाएका छन् । नेमकिपाले ४८ मत पाएको छ । चाँंगुनारायण नगरपालिका वडा नं १ चाँंगु मावि क र ख मतदान केन्द्रको मतगणणा गरिएको हो ।
भक्तपुर क्षेत्र नं १ को मतगणणा विहान नौ बजेदेखि नेपाल विद्युत प्राधीकरण खरिपाटी केन्द्रबाट सुरु भएको हो । उता क्षेत्र नं २ को भने राति दुई बजेबाट नै सुरु भएको थियो ।
भक्तपुर २ को मतगणणा मध्यपुर थिमि बोडेको कृषि विकास तालिम केन्द्रमा भइरहेको छ । यहाँं कांग्रेसका दुलर्भ थापा एमालेका महेश वस्नेतलाई पछाडि पार्दै अगाडि वढेको छ ।