भक्तपुरका कुन वडामा कति मत खस्यो ? (तालिकासहित)
मंसिर ४, २०७९, आइतबार | दिउँसो ०१:१८ बजे | 35
भक्तपुर । भक्तपुर नगरमा झण्डै ७३ प्रतिशत मत खसेको प्रारम्भिक तथ्यांक सार्वजनिक भएको छ । नगरमा कुल ७२ दशमलब ६५ प्रतिशत मत खसेको प्रारम्भिक तथ्यांक सार्वजनिक हो । भक्तपुर नगरपालिका १ देखि १० सम्ममा सवैभन्दा वढी भक्तपुर नगरपालिका वडा नं ८ ख्वप इन्जिनियरिंग कलेजमा ८० प्रतिशत भन्दा वढी मत खसेको छ ।
जिल्लाभर आइतबार शान्तिपूर्ण रुपमा निर्वाचन सम्पन्न भएको छ । भक्तपुरमा प्रतिनिधिसभातर्फ दुई र प्रदेश सभातर्फ ४ वटा निर्वाचन क्षेत्र रहेका छन् ।
यस अन्तर्गत दुई सय २२ वटा मतदान केन्द्रको व्यवस्था थियो । त्यहाँं कुल एक लाख ९४ हजार चार सय ३९ जना मतदाता रहेका थिए । भक्तपुरका कुल मतदातामध्ये महिलाको संख्या वढी छ । महिला मतदाता ९९ हजार सात सय ५१, पुरुष ९४ हजार ६ सय ८३ र अन्य पाँच जना रहेका छन् ।
जिल्लामा एक हजार सात सय ७६ जना निर्वाचन कर्मचारी खटिएका थिए । त्यस्तै आठ सय ८६ जना म्यादी प्रहरीसहित दुई हजार दुई सय १८ जना सुरक्षाकर्मी परिचालन भएको छ । निर्वाचन कर्मचारीसँगै प्रतिमतदान केन्द्र ३ देखि ५ जनासम्म स्वयंसेवक खटिएका थिए ।
यहाँं १० वटा अपांगमैत्री मतदान केन्द्र रहेका थिए । कुल दुई सय २२ मतदान केन्द्रमध्ये १० वटालाई अपांगता मैत्री बनाइएको छ । यसअन्तर्गत भक्तपुर नगरपालिका ५, सूर्यविनायकमा ३ र मध्यपुर थिमि तथा चाँगुनारायण नपामा एकएक वटा केन्द्रलाई अपांगमैत्री बनाइएको छ ।
भक्तपुर नपाका ५ मतदान केन्द्रमध्ये वडा नं ३ स्थित मेधा माध्यमिक विद्यालय तेखापुखू भक्तपुरमा अपांगता भएकाहरुको सुविधाको लागि ¥यामसमेत बनाइएको जनाइएको छ । मतदानको दिन बिहान ४ देखि बेलुका ७ बजेसम्म अत्यावश्यक र पास भएकाबाहेकको सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ । त्यस्तै मंसिर १ गतेदेखि नै जिल्लाभित्र मदिरा तथा मादकपदार्थ बिक्री वितरणमा रोक लगाइएको छ ।
फाेटाेमा हेर्नुहाेस्...