मादलप्रति जनताको मोह बढेको छ ः विजुुक्छें


मंसिर ४, २०७९, आइतबार | विहान ०५:५४ बजे | 60


मादलप्रति जनताको मोह बढेको छ ः विजुुक्छें

भक्तपुर । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेंले ठगबन्धनबाट देशलाई जोगाउन देशभरका मतदाताहरुसँंग आग्रह गरेका छन् । विहान १० बजे भक्तपुरको विद्यार्थी निकेतन मावि मतदान केन्द्र दरवारस्क्वायर भक्तपुरमा मतदानपछि पत्रकारहरुसँंग बोल्दै उनले आफनो स्वास्र्थका लागि असैद्धातिक गठबन्धन गर्नेहरुलाई मत नदिन आग्रह गरे । 

सता गठबन्धन कांग्रेस, माओवादी र नेकपा एस गठबन्धन र नेकपा एमालेसहितका राप्रपालगायतका दुवै गठबन्धन नभई ठगबन्धन रहेको उनको आरोप थियो । यी दुवै गठबन्धनलाई भोट दिनु भनेको उनीहरुलाई स्वार्थ पूरा गर्न दिनु मात्रै हो, उनले भने, यो सवै सतामा जानका लागि गरिएको गठबन्धन भएकाले उनीहरुको स्वास्र्थ पूरा गर्नका लागि जनता भरयाग नबनौं । 

कांग्रेससहितको सता गठबन्धन र राप्रपासहितको एमाले गठबन्धन दुवै एउटै सिक्काका दुईवटा पाटा भएको उनको भनाई थियो  । त्यसकार यी दुवैलाई जनताले बहिष्कार गर्नुपर्ने उनको सुझाब थियो । 

भक्तपुरमा प्रतिनिधिसभातर्फ दुई र प्रदेश सभातर्फ ४ वटा निर्वाचन क्षेत्र रहेका छन् । यस अन्तर्गत दुई सय २२ वटा मतदान केन्द्रको व्यवस्था छ । त्यहाँं कुल एक लाख ९४ हजार चार सय ३९ जना मतदाताले मतदान गर्ने छन् । भक्तपुरका कुल मतदातामध्ये महिलाको संख्या वढी छ । महिला मतदाता ९९ हजार सात सय ५१, पुरुष ९४ हजार ६ सय ८३ र अन्य पाँच जना रहेका छन् ।

जिल्लामा एक हजार सात सय ७६ जना निर्वाचन कर्मचारी खटिएका छन् । त्यस्तै आठ सय ८६ जना म्यादी प्रहरीसहित दुई हजार दुई सय १८ जना सुरक्षाकर्मी परिचालन भएको छ । निर्वाचन कर्मचारीसँगै प्रतिमतदान केन्द्र ३ देखि ५ जनासम्म स्वयंसेवक खटिने छन् ।

मतदानको दिन हरेक केन्द्रमा नियमित अनुगमन भइरहने जनाएको छ । कुनै पनि केन्द्रमा उच्छृंखल तथा निर्वाचन आचारसंहिता विपरितका कार्य भए तत्काल सुरक्षाकर्मी परिचालन हुने व्यवस्था मिलाइएको छ ।

यहाँं १० वटा अपांगमैत्री मतदान केन्द्र छन् । कुल दुई सय २२ मतदान केन्द्रमध्ये १० वटालाई अपांगता मैत्री बनाइएको छ । यसअन्तर्गत भक्तपुर नगरपालिका ५, सूर्यविनायकमा ३ र मध्यपुर थिमि तथा चाँगुनारायण नपामा एकएक वटा केन्द्रलाई अपांगमैत्री बनाइएको छ ।

भक्तपुर नपाका ५ मतदान केन्द्रमध्ये वडा नं ३ स्थित मेधा माध्यमिक विद्यालय तेखापुखू भक्तपुरमा अपांगता भएकाहरुको सुविधाको लागि ¥यामसमेत बनाइएको जनाइएको छ ।  मतदानको दिन बिहान ४ देखि बेलुका ७ बजेसम्म अत्यावश्यक र पास भएकाबाहेकको सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ । त्यस्तै मंसिर १ गतेदेखि नै जिल्लाभित्र मदिरा तथा मादकपदार्थ बिक्री वितरणमा रोक लगाइएको छ । 


Comments