भक्तपुरका सचेत मतदाताले भने, देश वेच्न खोज्नेलाई पतासाफ गर्न आतुर छौ
मंसिर ३, २०७९, शनिबार | दिउँसो ०१:२८ बजे | 50
भक्तपुर । भक्तपुरका सचेत मतदाताहरुले देश वेच्न खोज्ने पार्टी र तिनका उम्मेदबारहरुलाई पतासाफ पार्न आफूहरु मतदान गर्न आतुर रहेको बताएका छन् । उनीहरुले त्यसका लागि भोलि विहान सात बजेदेखि नै मतदानमा जाने बताएका छन् ।
भक्तपुरका पुन्यराम दुवालले विहानै भोट राख्न जाने योजना रहेको सुनाए । एमसीसी, एसपीपी ल्याएर देशलाई विदेशमा सुम्पने योजना बनाउने दल र तिनका उम्मेदबारहरुलाई हराउन भोट हाल्न आतुर रहेको उनले भने । नागरिकता विधेयक ल्याएर देशलाई भारतलाई सुम्पने खोज्नेलाई आफू मात्रै नभई सम्पूर्ण भक्तपुरबासी आतुर रहेको उनको भनाई थियो ।
अर्का मतदाता कृष्णराम कुम्पाखले भोलिको दिन महत्वपूर्ण दिन रहेको बताए । कुहिने र नकुहिने पार्टी छुटाउने दिन भएकोले गम्भीर भएर मतदान गर्न उनले सवैसँंग अनुरोध गरे । उनले कुहिने पार्टी र तिनका उम्मेदबारहरुलाई भोलिका दिन फाल्नुपर्ने बताए ।
भक्तपुरमा प्रतिनिधिसभातर्फ दुई र प्रदेश सभातर्फ ४ वटा निर्वाचन क्षेत्र रहेका छन् । यस अन्तर्गत दुई सय २२ वटा मतदान केन्द्रको व्यवस्था छ । त्यहाँं कुल एक लाख ९४ हजार चार सय ३९ जना मतदाताले मतदान गर्ने छन् । भक्तपुरका कुल मतदातामध्ये महिलाको संख्या वढी छ । महिला मतदाता ९९ हजार सात सय ५१, पुरुष ९४ हजार ६ सय ८३ र अन्य पाँच जना रहेका छन् ।
यहाँं १० वटा अपांगमैत्री मतदान केन्द्र छन् । कुल दुई सय २२ मतदान केन्द्रमध्ये १० वटालाई अपांगता मैत्री बनाइएको छ । यसअन्तर्गत भक्तपुर नगरपालिका ५, सूर्यविनायकमा ३ र मध्यपुर थिमि तथा चाँगुनारायण नपामा एकएक वटा केन्द्रलाई अपांगमैत्री बनाइएको छ ।
भक्तपुर नपाका ५ मतदान केन्द्रमध्ये वडा नं ३ स्थित मेधा माध्यमिक विद्यालय तेखापुखू भक्तपुरमा अपांगता भएकाहरुको सुविधाको लागि ¥यामसमेत बनाइएको जनाइएको छ । मतदानको दिन बिहान ४ देखि बेलुका ७ बजेसम्म अत्यावश्यक र पास भएकाबाहेकको सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ । त्यस्तै मंसिर १ गतेदेखि नै जिल्लाभित्र मदिरा तथा मादकपदार्थ बिक्री वितरणमा रोक लगाइएको छ ।