प्राकृतिक स्रोतको अधिकतम प्रयोगले देश समृद्धि हुने
कार्तिक ३०, २०७९, बुधबार | विहान ०६:४४ बजे | 145
सत्यराम कासिछ्वा ललितपुर, कार्तिक २९ । नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य रवीन्द्र ज्याख्वको प्रमुख आतिथ्यतामा घरदैलो सहित चापागाउँमा चुनावी जनसभा भयो । सभामा ज्याख्वले विगतमा जितेको प्रतिनिधिले जनताको भावनालाई कुल्चेको छ छैन स्वविवेक प्रयोग गरी मादल चिन्हमा मतदान गर्न आह्वान गर्दै प्राकृतिक स्रोतको अधिकतम अध्ययन अनुसन्धानको माध्यमबाट विश्वमा कष्टकर जीवन बिताएको कतारले समृद्धि क्षेत्रमा फड्को मार्नुमा युवाहरूको योगदान रहेकोले नेपालमै आफ्नो श्रमशक्ति प्रयोग गर्न अनुरोध गर्नुभयो । उहाँले पटकपटक जितेका जनप्रतिनिधिमा नेपालको प्राकृतिक स्रोत साधनको प्रयोग गरेर देश समृद्ध गर्ने योजना नरहेको बताउँदै भारत लगायत अन्य देशलाई कर्णाली, कोसी र गण्डक अन्य ठूला नदी बेचेकोले देशको लागि आवश्यक खानेपानी र सिचाइमा नेपालको पानी प्रयोग गर्न नसकेको बताउनुभयो । सोही सभामा ज्याख्वले शासक अकर्मण्यताको कारण बच्चा जन्मेपछि लगभग ७० हजारको ऋणको भारी बोकाएको बताउँदै मल्लकालमै विविधताको एकतामा विकसित सांस्कृतिक सभ्यता माथि केन्द्रीकृत स्मार्ट सिटी, सडक विस्तार र पर्वहरूको तिथिमितिमा आक्रमण गरेर एकता भाँडेर रैथानेलाई विस्थापित गरेको भन्नुभयो । ललितपुर क्षेत्र नं ३ प्रतिनिधिसभाका उम्मेदवार निरज लवजूुले शासक दलले अहिलेको चुनाव फेरि जिते अमेरिका र चीनको सैनिक नीतिको सिकार हुने राष्ट्रघाटी एमसीसीको कार्यान्वयनबाट देशले इराक अफगानिस्तान, प्यालेस्टाइन कै दशा भोग्नुपर्ने बताउँदै काम नलागेने वस्तुको भण्डारण भए झै देशको लागि काम नै नलाग्ने पार्टीको भण्डारण गर्न अब नेमकिपाका उम्मेदवारलाई अब मतदान गर्नुपर्ने बताउनुभयो । उहाँले एकै समय स्वतन्त्र भएको भारत र चीनको प्रगति नेपालले गर्न नसक्नुको खोजनीति गर्नुपर्ने समय आएको बताउँदै देशलाई सिक्किम र फिजी बनाउन नागरिकता विधेयक पास गर्ने गठबन्धनको पार्टीलाई पञ्चायत र राजतन्त्र झैं पाखा लगाउन आवश्यक छ भन्नुभयो । उक्त सभामा उहाँले कृषिप्रधान देशका किसानलाई सामान्य मल समेत दिन नसक्ने असक्षम शासक दलले बच्चाबच्चीलाई झैं मतदातालाई अनेकौं मिठो रस्वादानले भ्रममा पारिरहेको बताउनुभयो । ललितपुर क्षेत्र नं १ प्रतिनिधिसभाका उम्मेदवार कविन्द्र डंगोललेे शासक दल २०४६ देखि देशको हित विपरीत कार्यमा संलग्न भएको बताउँदै दुश्कर्मबाट बच्न अनेकौं गठबन्धन र जनताको मतलाई बिथोल्न स्वतन्त्र उम्मेदवार खडा गरेको बताउनुभयो । ललितपुर क्षेत्र नं १(क) प्रदेशसभका उम्मेदवार बुद्ध लामाले देशघाटी असमान सम्झौता खारेज गराउन र प्राकृतिक तथा सांस्कृतिक सम्पदा संरक्षण गर्न एवं देश र जनताको भविष्य निर्धारण गर्न मादल चिन्हमा मतदान गर्न अपिल गर्नुभयो । ललितपुर क्षेत्र नं १(ख) प्रदेशसभका उम्मेदवार मन्दिप महर्जनले देश र जनताको सेवा गर्ने उद्देश्य सहित युवा शक्तिलाई देशमै रोजगार सृजना गरी बेच्नबाट जोगाउने पार्टीलाई मतदान गर्न आह्वान गर्नुभयो । प्रदेश सभाका उम्मेदवार सूर्यलक्ष्मी देसारको सभापतित्वमा सम्पन्न भएको उक्त सभामा अशोक महर्जनले सम्पदा र संस्कृति संरक्षण सहित देश र जनताको लागि नियमित संघर्षरत नेमकिपा भक्तपुरको मात्र पार्टी नभएको बताउँदै शासक दलले पञ्चायतकालमा विकास भएको उद्योग कलकारखाना नष्ट गरेर युवालाई विदेशमा बेचेको आरोप लगाउनुभयो ।